2026-06-26 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा आत्मघाती आक्रमण

2018-08-30

भदौ १४, बग्दाद | तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएका थिए । 

उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय शहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाक आक्रमण र हताहतको पुष्टी गर्नुभएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टटेस (आइएस)ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् । 

इराकी सुरक्षा बलले आइएस आतङ्ककारी विरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि बर्षौदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनौ आइएस आतङ्ककारी त्यहाँबाट भाग्न बाध्य भएका थिए । 

अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतङ्ककारीकबाट मुक्त भएको दाबी गरेको थियो । 

यद्यपी हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतङ्ककारीको उपस्थिति रहेको र उनीहरुका आफूहरुलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ