2026-06-26 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो

2018-09-10

भदौ २५, टोक्यो | उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । 

मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताए । हराएका व्यक्तिको सूची अधिकारीहरुसँग छैन, सबै भेटिएका छन्, योसिहिडेले भने । 

करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्द बढी व्यक्तिलाई सहयोग गरिरहेका छन् । गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो । 

मृत्यु भएका अधिकांश व्यक्ति सानो ग्रामीण इलाका आट्सुमाका रहेका छन् । करिब ६।६ म्याग्नीच्यूडको भूकम्पका कारण माथिबाट बगेको पहिरोले गाउँमा जनधनको ठूलो क्षति गरेको थियो । 

मुख्य सचिव सुगाले स्थानीय जनतालाई आफ्ना घरहरुमा फिर्ता ल्याउन सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा ठूलो वर्षा हुने मौसम भविष्यवाणी अझै पनि प्राप्त भइरहेकाले जनधनको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको संवाददाताहरुलाई बताए । 

प्राकृतिक प्रकोपका कारण लगातार जनधनको ठूलो क्षति बेहोरेको जापानमा पछिल्लो भूकम्पले थप समस्या सिर्जना गरेको थियो । जापानको पश्चिमी क्षेत्रमा जेबी नामको आँधीले ११ जनाको मृत्यु हुनुका साथै क्षेत्रीय विमानस्थल बन्द गर्नु परेको थियो । 

दोस्रो कार्यकालका लागि पार्टीभित्र चुनावी प्रचार गरिरहेका जापानका प्रधानमन्त्री शिन्जो आबेले सरकारले जनताको सुरक्षाका लागि हरसम्भव प्रयत्न गरिने बताएका छन् । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ