2026-06-26 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु, १८ जना घाइते

भदौ २९, अफगानिस्तान | रासस/सिन्हवा | अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ । 

सन् २०१४ को अन्त्यदेखि ‘अफगान युद्ध’ को नीतिमा फेरबदल गरेको नेटोआवद्ध संयुक्त गठबन्धनले अफगानिस्तानमा तैनाथ सेनाको संख्या कटौती गर्नुका साथै गाउँगाउँमा सेनाको गस्ती वा प्रत्यक्ष संलग्नता त्यागेको थियो । 

पछिल्लो समय नेटो आबद्ध सेनाले अफगानी सेनालाई तालिम र हवाई सहयोग गरिआएको छ । 

अफगानिस्तानमा पछिल्ला दिनहरुमा तालिबान समूह र इस्लामिक स्टेट्सलगायतका आतङ्ककारी समूहहरुले अफगान सेना र प्रहरीमाथि भीषण आक्रमण गर्नुका साथै देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । अतिवादी समूहको आक्रमणबाट अफगानी सर्वसाधारण र सुरक्षाफौजमा व्यापक क्षति भएको छ । 

सन् २०१७ को अक्टोबरमा तालिबान आतङ्ककारी समूहले दुई छुट्टाछुट्टै इलाकामा गरेको आत्मघाती बम र बन्दुक आक्रमणमा परी करीब ८० जना प्रहरी र सैनिकको मृत्यु भएको थियो । यस आक्रमणमा परी दर्जनौँको सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएका थिए ।

पाक्तिया प्रान्तको गार्डेज शहरको एक प्रहरी कार्यालयमा भएको बम आक्रमणमा परी ६० सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सोही दिन घाज्नी प्रान्तमा भएको एम्बुस आक्रमणमा परी १५ सुरक्षा अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । 

सन् २०१७ अप्रिल २७ मा अफगानिस्तानको उत्तरी शहर मजार–ए–सरिफमा सैनिक पोशाकमा प्रवेश गरेका तालिबान लडाकूहरुले चलाएको गोलीबाट मस्जिद र भोजन हलमा रहेका निहत्था एकसय ४४ जना सैनिकको हत्या गरेका थिए । 

त्यसैगरी मार्च ८ मा अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा आईएस लडाकूहरूले आक्रमण गरेका थिए । काबुलमा रहेको सो अस्पतालमा भएको छ घण्टा लामो आक्रमणमा परी ५० जनाको मृत्यु भएको थियो । तर सुरक्षा स्रोत र सर्वेक्षणकर्ताले मृत्यु हुनेको सङ्ख्या १०० पुगेको बताएका थिए । 

मे ३१ तारिखमा अफगानिस्तानको राजधानी काबुलमा भएको एक अर्को भीषण ट्रक बम हमलामा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौं घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ