2026-06-26 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीस जहाज अपहरण

असोज ७, जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) | नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाजको कम्पनीले जनाएको छ । 

मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरण गरेको लगेका छन् । जहाजमा रहेका बाँबी छ जना भने सकुशल रहेका छन् । 

“अपहरणकारीले चालक दलका १२ र जहाज रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेका छन्,” मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताउनुभयो । 

कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ । 

उक्त क्षेत्रमा गतबर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो । उक्त क्षेत्रमा हुने कबतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन् । अपहरणमा परेका सबैजनाको सकुशल उद्धारका लागि कम्पनीले सम्वन्धित अधिकारीसँग पहल शुरु गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ