2026-06-26 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

2018-10-03

असोज १७, वासिङटन | अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आउदो आइतबार उत्तर कोरिया जानुहुने भएको छ । 

भ्रमणका क्रममा उहाँले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेटेपछि आणविक निशस्त्रीकरणको प्रक्रिया थप अगाडी बढ्ने अपेक्षा विदेश विभागले जानकारी दिएको छ । 

यसअघिको सम्झौता कार्यान्वयन गराई शान्ति स्थापनाका लागि अहिलेको भेट थप उपलब्धीमुलक हुने विदेश विभागले विश्वास व्यक्त गरेको छ । 

उहाँले दुई देशको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठकका लागि तयारी पनि गराउनुहुने बताइएको छ ।

उहाँले अहिले तेस्रो पटक भ्रमण गर्न लाग्नु भएको हो । पोम्पेओले यसअघि दुई पटक किमलाई भेटिसक्नु भएको छ । 

उहाँका यसअघिका भेटवार्ता तथा भ्रमणहरुले सही बाटो नै देखाएको विश्लेषण गरिएको छ । 

यसअघि पनि पोम्पेयोले गत अगस्टमा उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गर्नु भएको थियो । तर सो भ्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रद्द गर्नु भएको थियो । 

कमै मात्र विदेशको भ्रमण गर्ने गर्नु भएका उत्तर कोपियाली नेता किम गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलन अमेरिकी राष्ट्रपति भेटवार्ता छलफल दुईपक्षीय सम्झौता समेत गनु भएको थियो । द्वीपक्षीय सम्झौता कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण विषय रहेको थियो । 

पोम्पेयोको उत्तर कोरियाको भ्रमणपछि दक्षिण कोरियातर्फ लाग्नु हुने र त्यहाका राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नु हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ