2026-06-26 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कयौंपटक बलात्कारको सिकारमा परेकी मुरादलाई नोवेल शान्ति पुरस्कार

असोज १९, काठमाडौँ (बीबीसी) | सन् २०१८ को नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई प्रदान गरिएको छ ।  मुराद एक इराकी याजिदी हुन् जसलाई आईएस सैन्यले पक्राउ गरेर यातना दिइएको थियो । पछि उनी याजिदी जनहरुलाई मुक्त गर्ने अभियानको मुहार बनेकी थिइन् । 

मुकवेगे एक कंगोली स्त्रीरोगविज्ञ हुन्, जसले आफ्नो सहकर्मीहरुसँग मिलेर दशौं हजार पीडितहरुको उपचार गरेका थिए ।  नर्वेको राजधानी ओस्लोबाट उनीहरुलाई पुरस्कारको विजेताको रुपमा घोषित गरिँदा उनीहरुलाई ‘युद्धमा यौन हिंसालाई हितियारको रुपमा भइरहेको अवस्थालाई रोक्न गरेको प्रयास’ स्वरुप सम्मानित गरिएको नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने । 


पुरस्कृत अभियन्ता दुबैले यस्तो युद्ध अपराधमा ध्यान पुर्याउन र तिनका बिरुद्ध लड्न महत्वपूर्ण योगदान पुर्याएको एण्डरसनले भने ।  २५ वर्षे मुराद आईएसको कब्जामा तीन महिनासम्म यौनदासी भएर बस्न बाध्य भइन् । उनी कयैनपटक किनिदैं बेचिइन् र बन्दी अवधिमा यौन तथा शारीरिक शोषणको सिकार भइन् । 

सन् २०१४ नोभेम्बरमा पक्राउमुक्त भएपछि उनी याजिदी समुदायको अधिकारको वकालत गर्ने अभियन्ता भइन् । सो क्रममा उनले मानव तस्करी अन्त्य गर्न र बलात्कारलाई युद्ध हतियारको रुपमा प्रयोग गर्ने विरुद्ध कडा कदम चाल्नको लागि अभियान चलाइन् । 

त्यस्तै ६३ वर्षे मुकवेगेले लोकतान्त्रिक गणतन्त्र कंगोमा बलात्कार पीडितको सहयोगमा दशकौं बिताए ।  उनले आफ्नो सहकर्मीसँग मिलेर ३०,००० बलात्कार पीडितहरुको उपचार गरेको भनिन्छ । नोबल शान्ति पुरस्कारको राशी १० लाख अमेरिकी डलर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ