2026-06-26 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए

2018-10-08

असोज २२, अफगानिस्तान | उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमबार सो जानकारी दिएको छ । 

आइतबार साँझ अफगान र अमेरिकाआवद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

यस हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको समेत मृत्यु भएको बताइएको छ । अफगान सुरक्षा बल र नेटो आवद्ध सयुक्त गठबन्धनले तालिबानविरुद्ध हवाई र स्थल आक्रमणमा केही महिनायता तिब्र बनाएको छ । 

यही अक्टोबर महिनाको २० तारिखमा अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनलाई ध्यानमा राखेर तालिबानविरुद्ध अफगान र नेटोआवद्ध सैनिकले भीषण कारबाही सुरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ