2026-06-25 09:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी सत्ताको डरलाग्दो रुप: दूतावासमै पत्रकारको हत्या ! आफ्नै ४ राजकुमारलाई छाडेन

रियाद/जर्मनी | अमेरिकी अखबार वॉशिंगटन पोस्टका पत्रकार जमाल खशोगीलाई टर्की स्थित साऊदी अरबको दूतावासमा हत्या गरेर साऊदी सत्ताले राजघरानाको डरलाग्दो रुप देखाएको छ, जुन कुरा हालसम्म गुपचुप थियो । दुतावास भित्रै पत्रकारको हत्या भएको यो संसारकै पहिलो घटना हो ।

तश्विरमा: पत्रकार जमाल खशोगी

यो डरलाग्दो पक्षले साउदी सत्ता र राज घराना बिरुद्ध आवाज उठाउनेहरुको आवाज सदाको लागि दबाईदिने र गायब गर्ने गरेको कुरालाई स्पष्ट पारिदिएको छ, जुन कुरा हलीवुड फिल्म जस्तो लाग्छ ।

२ अक्टूबरको दिन इस्तानबुल स्थित साऊदी दूतावासमा पुगेका पत्रकार खशोगी, त्यसपछि बेपत्ता भएका थिए । अनुसन्धानको क्रममा साऊदीबाट १५ सदस्यको टोली २ अक्टूबरको दिन टर्कीको इस्तानबुल पुगेको थियो र हत्या गरेर साउदी फर्केको थियो । हत्याको बदला लिने क्रममा अमेरिकाले २१ साऊदी अधिकारीको पहिचान गरि उनीहरुको भिषा सदाको लागि खारेज गरिदिएको छ । अमेरिकाले अनुसन्धानको क्रममा थप कुरा आए पछि थप कारवाही गरिने समेत जनाएको छ । अमेरिकाले भनेको छ 'एक पत्रकारमाथि भएको हिँसा हामी सहेर बस्दैनौं ।' 

सलमानले सत्ता सम्हालेपछी हत्याको मुद्धाहरु बढे

साउदीका राजा सलमानले सत्ता सम्हालेपछी हत्याको मुद्धाहरु बढेको बताइएको छ । चाहे त्यो सत्ताको बिरुद्ध आवाज उठाउने सामाजिक अभियान्ता होस् चाहे खशोगी जस्ता पत्रकार । शाही परिवारसंग जोडिएका अन्य राजकुमार र सुल्ताननै किन नहुन, साऊदी अरबमा पछिल्लो घटना नयाँ होइन । राजा सलमान र उनको छोरा मोहम्मद बिन सुल्तानले साऊदी सत्ता सम्हालेपछी यस्ता घटना तेज गतिमा बढेका छन् । २०१५ देखि २०१७ को बीचमा साऊदी अरबका हुक्मरानको इशारामा विदेशमा शरण लिएर बसेका तीन राजकुमारलाई रहस्यमय तरिकाले बेपत्ता बनाएको थियो । उनीहरुको अपराध यस्तो थियो कि उनीहरुले सत्ताको विरोधमा आवाज उठाएका थिए । उनीहरुको अवस्था हालसम्म पनि अज्ञात छ । 

साऊदी अरबका शाह सलमानले जून २०१७ मा आफ्ना छोरा मोहम्मद बिन सलमानलाई साऊदी अरबको राजकुमार बनाएका थिए । ३३ बर्षका मोहम्मद बिन सलमान अहिले खशोगी हत्या मुद्धामा घेरिएका छन् । राजा सलमान ८२ बर्षका छन् । उनि २०१५ मा आफ्नो भाई अब्दुल्लाह बिन अजीजको मृत्यु पछी साऊदी अरबका राजा बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ