2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओबामा-हिलेरी सहित ७ डेमोक्रेट नेताहरुलाई पार्टीकै सदस्यको नामबाट पठाइएको थियो बम

कात्तिक ८, काठमाडौँ (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचकहरुको घरमा बुधवार पार्सलमार्फत बम पठाइएको खबर संसारभरी फैलिएको छ । मध्यावधि चुनावको मात्र दुई हप्ता अघि भएको यस घटनाक्रमप्रति विपक्षी डेमोक्रेट पार्टीले डर मानेका छन् ।

पार्सलको रुपमा पठाइएको बम पूर्व राष्ट्रपति बराक ओबामा र बिल-हिलेरी क्लिंटन सहित ७ डेमोक्रेट्स नेताको घरमा  पठाइएको थियो । खास कुरा के छ भने प्याकेजमा पार्सल पठाउनेले आफ्नो नामको ठाउँमा डेमोक्रेट पार्टीकै नेशनल कमिटीका पूर्व अध्यक्ष डेबी शुल्ज उल्लेख गरेको थियो ।

नक्कली नामबाट पठाइएको उक्त पार्सलको बिषयमा डेमोक्रेट नेता डेबीले आक्रोश व्यक्त गरेका छन् । जानकारी अनुसार, प्याकेजमा उनको नामको स्पेलिङ गलत लेखिएको थियो । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले बताए अनुसार पार्सल गरिएको एक पनि बम बिष्फोट भने भएन । तर, कयौंले यस घटनाको लागि राष्ट्रपति ट्रम्पलाई नै जिम्मेवार ठानेका छन् ।

मीडियामाथि हमला ठीक होइन: सीएनएन चीफ 

नेताहरुको अलावा न्यूज च्यानल सीएनएनको कार्यालयमा पनि पार्सल बम पठाइएको थियो । यस बिषयमा सीएनएन वर्ल्डवाइड अध्यक्ष जेफ जकरले भने- “ट्रम्प र व्हाइट हाउसलाई यो कुरा कहिलै चेत आएन कि मीडिया माथि पटक-पटक उनको हमलाले खराब नतिजा पनि दिन सक्छ ।” 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिनमा एक र्यालीको दौरान दोषिलाई पक्राउ गर्ने र कडा सजाय दिने बताएका छन् । उनले मिडियामार्फत आफ्नो विरोध बन्द गर्न समेत आग्रह गरेका छन् ।

कहाँ-कहाँ पठाइएको थियो पार्सल बम ? 

संदिग्ध प्याकेज न्यूयोर्क, वॉशिंगटन र फ्लोरिडाको केहि क्षेत्रमा पठाइएको थियो । एफबीआईको अनुसार, जुन प्रमुख मानिसलाई बम पठाइएको थियो, उनीहरु मध्ये पूर्व राष्ट्रपति बराक ओबामा, पूर्व विदेश मन्त्री हिलेरी क्लिंटन, सीआईएका पूर्व निर्देशक र सीएनएनसँग जोडिएका जोन ब्रेनन, पूर्व अटर्नी जनरल एरिक होल्डर, क्यालिफोर्नियाबाट डेमोक्रेट सांसद म्याक्सीन वाटर्स र लिबरल दानकर्ता र पूंजीपति जर्ज सोरोसलाई पार्सल बम पठाइएको थियो । 

सीएनएनको कार्यालयमा जुन पार्सल पठाइएको थियो, त्यसमा ब्रेननको नै नाम थियो । यसको अलावा पूर्व उप-राष्ट्रपति जो बिडेन के घरमा पठाइएको पार्सल भने अनुसन्धानकर्ताले घरमा पुग्नु अगावै रोकेको थियो । 

राजनीतिसँग किन जोडियो बमको कनेक्शन ? 

हालसम्म जसको घरमा बम पठाइएको छ, उनीहरु सबै कुनै न कुनै मामिलामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादमा परेका छन् । यसै कारण पनि बम घटनामा केहि डेमोक्रेट नेताहरुके ट्रम्पलाई जिम्मेवार मानेका छन् । ट्रम्पको समर्थकहरुको अनुसार बमको घटना डेमोक्रेटकै चाल रहेको बताएका छन्, किनकी उनीहरु मध्यावधि चुनावभन्दा अघि जनताको सहानुभूति पाउन चाहन्छन् । प्रहरीलाई हालसम्म संदिग्धहरुको बिरुध्ह कुनै जानकारी मिलेको छैन । 

पार्सलमा भेटियो पाइप बम 

एफबीआईको आधिकारिक सूत्रको अनुसार, प्याकेजमा पाइप बम थियो । ओबामा र क्लिंटनको घरमा पठाइएको पार्सल खुफिया विभागले पुग्नु अगावै आफ्नो कब्जामा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक