२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खासोग्गी हत्या प्रकरण: दूतावास छिर्नेबित्तिकै घाँटी थिची हत्या गरिएको थियो

२०७५, १५ कार्तिक बिहीबार ०४:१९

कात्तिक १५, बीबीसी | साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो ।

अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको हो । यद्यपी, यो दाबीमा टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

मुख्य अभियोजक इरफान फिदानले सोमबार आफ्ना समकक्षीसँग भएको बैठकबाट कुनै ठोस नतिजा निस्कन नसकेको बताएका थिए ।

साउदी अरबले उक्त बैठकबारे कुनै टिप्पणी गरेको छैन ।

टर्कीले के भन्यो ?

टर्कीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘पहिले नै बुनिएको योजना अनुरुप जमाल खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेलगत्तै घाँटी थिचेर हत्या गरियो ।’

यसमा भनिएको छ, ‘त्यसपछि पूर्वनियोजित तरिकाले उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।’

खसोग्गी साउदी नागरिक थिए र अमेरिकी मिडियामा काम गर्दथे । उनी आफ्ना देशको शासकका कडा आलोचकको रुपमा परिचित थिए ।

उनको शव अहिलेसम्म फेला पार्न सकिएको छैन तर टर्की, अमेरिका र साउदी अरबले उनको हत्या साउदी वाणिज्य दूतावासभित्रै भएको ठोकुवा गरेका छन् ।

यद्यपी, उनको हत्या कसरी गरेको थियो भन्ने विषयमा भने यी देशबीच एकमत छैन ।

प्रश्नले घेरिएका शाही परिवारः

टर्कीको सत्ताधारी एके पार्टीका एक वरिष्ठ प्रवक्ताले बुधबार उनको हत्या कुनै वरिष्ठ पदमा बसेका व्यक्तिको अनुमती बिना हुनै नसकिने ठोकुवा गरेका छन् ।

साउदी अरबले यसमा शाही परिवारको भूमिका छ भन्ने खबरलाई खण्डन गर्दै आएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले गत हप्ता साउदी राजा सलमानसँग कुराकानी गरेका थिए र दुबैले हत्या अनुसन्धानमा सहयोग गर्ने विषयमा सहमती जनाएका थिए ।

नाम नखुलाइएका टर्की अधिकारीले यसअघि मिडियासमक्ष खसोग्गीको हत्या पुष्टि गर्नका लागि अडियो भिडियो आफूसँग भएको बताएका थिए तर अहिलेसम्म प्रमाण जारी गरिएको छैन ।

टर्कीको मिडियाले स्रोतको हवाला दिँदै खसोग्गीको हत्या कसरी गरिएको थियो भन्नेबारे छापेको थियो । हत्याअघि उनलाई अत्यधिक यातना दिइएको थियो भन्ने आरोप पनि लगाइएको थियो ।

गत हप्ता खसोग्गीकी टर्की निवासी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्रत्वार्ता दिएकी थिइन् । आँखामा आँसु लिँदै उनले भनेकी थिइन, ‘साउदी अरब प्रशासनले उनलाई मार्ने षड्यन्त्र रचिरहेको छ भन्ने थाहा भएको भए म कुनै पनि हालतमा उनलाई दूतावासमा जान दिँदैनथें ।’

खासोग्गी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए ।

के भन्छ साउदी अरब ?

साउदी अरबका अटोर्नी जनरल शेख सउद–अल–मोजेबले टर्कीका समकक्षी फिदानसँग दुईपटक भेटवार्ता गरे । त्यसपछि उनी कुनै बयान जारी नगरिकनै  साउदी अरबबाट फिर्ता भए ।

साउदी अरबले खासोग्गीबारे भिन्न–भिन्न जानकारी दिँदै आएको छ ।

सुरुमा खासोग्गी हराइरहेको भन्ने खबरमा उनी दूतावासबाट जीवितै निस्किएको साउदी अरबले दाबी गरेको थियो भने पछि उनको हत्या भएको स्विकारेको थियो ।

साउदी अरबले आफू हत्याको कारण पत्ता लगाउनका लागि प्रतिबद्ध भएको बताउँदै आएको छ । यसै सिलसिलामा साउदीले १८ संदिग्धलाई पक्राउ गरेको छ जसको साउदी अरबमा नै मुद्दा चल्नेछ ।

अमेरिका, ब्रिटेन, फ्रान्ससमेत विभिन्न देशले यो पूरा घटनाक्रमका लागि साउदी अरबको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा