2026-07-24 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार खशोग्गीलाई मार्न साउदी युवराजको निर्देशनः सीआईए

मङ्सिर १, वासिङ्टन (रासस/एपी) | अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् । 

साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्याउँदै आएको छ । 

अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो । 

खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआईएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ । खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुनुहुन्छ । आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ । 

यसैबीच साउदी अरेबियामा रहेका खालेदले आफू करिब १ वर्षयता खशोग्जीसँग सम्पर्कमा नरहेको भनी पछिल्लो ट्वीटर सन्देश जारी गर्नुभएको छ । ह्वाइट हाउस र अमेरिकी विदेशमन्त्रालय दुवैले त्यस्ता खबरहरूबारे कुनै प्रतिक्रिया जनाएका छैनन् तर स्रोतहरूका अनुसार केन्द्रिय गुप्तचर निकायको निष्कर्षहरूबारे भने दुवैलाई सुचित गरिसकिएको छ । 

अमेरिकी ट्रम्प प्रशासनले गत हप्ता खसोग्गीको हत्यामा सम्लग्न रहेको आरोपमा १७ जना साउदी अरबका अधिकारीहरूलाई सजाय दिइसकेको छ । उक्त प्रकरणपछि अमेरिकी सांसदहरूले साउदी अरबलाई वासिङ्टनले बेच्दै आएको हतियारमा कटौति गर्न सुझाब दिएका छन् । उनीहरूले साउदी अरबलाई दोषी ठहर गर्दै उ विरुद्ध अहिलेकोभन्दा कडा उपाय अबलम्बन गर्न सुझाब दिएका छन् । 

यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खशोग्जीका हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाउनुभएको छ । पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उहाँले खशोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताउनुभयो । 

साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो । उहाँको शव अझै फेला परेको छैन । टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ । वासिङ्टन पोष्ट पत्रिकामा मासिक रुपमा स्तम्भ लेख्ने पत्रकार खशोग्जी आफ्नो विवाहका लागि कागजातहरू लिन गएका बेला इस्तानबुलस्थित साउदी महाबाणिज्य दूतावासमा प्रवेश गरेयता बेपत्ताहुनुभएको थियो । 

उहाँको अन्तिम संस्कार साउदी अरेबिया र टर्कीमा शुक्रवार गरिएको थियो । टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको थियो । 

सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै ५०० जना सहभागी थिए । विश्वका विभिन्न ठाउँबाट आएका ती व्यक्तिहरू फतिह मस्जीदमा भेला भएका थिए । उनीहरुले पत्रकार खशोग्गीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक