2026-06-26 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन

2018-12-01

मंसिर १५, अमेरिका । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको हो ।


उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् ।

‘९४ वर्षको उमेरमा हाम्रा अतिप्रिय बुवाको निधनले जेब, निल, मार्भिन, डोरो र मलाई निकै दुःखी तुल्याएको छ,’ उनका पूर्व राष्ट्रपति छोरा जर्ज डब्लू बुशले भने । उक्त वक्तव्य पारिवारका प्रवक्ता जिम म्याकगार्थले जारी गरेका हुन् । ‘जर्ज एच डब्लू बुश उच्च चरित्रका व्यक्ति थिए । एक छोरा र छोरीका लागि उनी अतिप्रिय बुवा पनि थिए । पूरा बुश परिवार ४१ औं राष्ट्रपतिलाई सम्मान र माया गर्ने, उनका लागि प्रार्थना गर्नेहरुका लागि, साथीभाइ र जनताको सहानुभूतीका लागि आभारी छ ।’

बुशको मृत्यु उनकी ७३ वर्षे श्रीमती बारबराको निधन भएको केही महिना पछि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ