2026-06-26 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

2018-12-10

मङ्सिर २४, एडीलेड | अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो । 

पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो । भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा म्यान अफ द म्याच घोषित भएका थिए । 

भारतका तर्फबाट रविचन्द्रन अश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले तीनतीन विकेट लिएका थिए भने इशान्त शर्माले एक विकेट लिए । 

अस्ट्रेलियाका लागि शन मार्सले ६२ र कप्तान टीम पेनले ४१ रन बनाएका थिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका थिएनन् । उनीहरु नियमित अन्तरालमा आउट भएका कारण शुरुदेखि नै अस्ट्रेलिया दबाबमा परेको थियो । 

अस्ट्रेलियामा भारतले सन् २००८ मा पर्थस्थित वाका रङ्गशालामा अन्तिम पटक टेस्ट जितेको थियो । एडीलेड मैदानमा भने अस्ट्रेलिया विरुद्ध भारतले सन् २००३ मा अन्तिम पटक टेस्ट जितेको थियो । 

आगामी शुक्रबारदेखि दुवै टीमबीच पर्थमा दोस्रो टेस्ट हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ