३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा एक लाख ५० हजार रोजगारीका अवसर कटौति, अझै कटौती हुने खतरा

९ पुष २०७५, सोमबार १७:०५

पुष ९, लण्डन (रासस/एएफपी) | संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । 

व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । 

बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर) जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । 

“बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताउनुभयो । 

“हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” 

यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यि सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ