2026-06-26 07:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुङ्गा दुर्घटनामा ९ जनाको मृत्यु, एकजना बेपत्ता

2019-01-03

पुस १९, नयाँ दिल्ली | पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएका समाचारमा जनाइएको छ । 

सरकारी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको छ । 

प्रान्तीय राजधानी उडिसाको भुवनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाकामा स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो । 

बुधबार बेलुका ५५ व्यक्ति सवार रहेका सो डुङ्गा हुकितोला द्वीपमा बनभोज खाएर फर्किरहेका अवस्थामा माहानदी नदीमा दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । 

डुङ्गामा सवार ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना अझै वेपत्ता रहेका थिए । गएराति रातभर गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र अर्का एक जना अझै वेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ । 

यस दुर्घटनापछि सो राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ उपलब्ध गराइने र घाइतेलाई निःशुल्क उपचार गरिने घोषणा गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ