2026-06-26 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यान्सी पेलोसी: अमेरीकाकी सबैभन्दा शक्तिशाली महिला

पुस २०, वासिङटन (रासस/एपी) | अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ । 

संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल हुनुभयो । 

“सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य हुनुहुन्छ,” चुनावी प्रचारका क्रममा पेलोसीले भन्नुभएको थियो, “तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ ।” 

सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ । यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउनुहुनेछ र जनताका आवाजहरु सुन्न पाउनुहुनेछ । जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ ।” 

डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उहाँले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनस्र्थापित गर्ने बारेमा प्रकाश पार्नुभएको थियो । 

“हामीले मध्यम वर्गीय अमेरिकीको भलाईलाई उच्च प्राथमिकता दिनु पर्दछ, किनभने मध्यम वर्ग नै हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,” पेलोसीले भन्नुभयो । 

पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिनुभएको छ । 

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथि छ । 

पेलोसीमाथि डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल गर्ने । पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव “विभाजनकारी कृयाकलाप” रहेको बताउनुभएको छ । 

“हामीले राष्ट्रपति विरुद्ध राजनीतिक कारणबाट महाभियोग लगाउनु हुँदैन,” पेलोसीले भन्नुभयो । उहाँले राष्ट्रपति विरुद्ध रोबर्ट मुलरको छानबिन समितिको प्रतिवेदनका नतिजालाई हेरेर मात्र नयाँ कदम चाल्न सकिने स्पष्ट गर्नुभयो । 

अमेरिकी संविधान र न्यायिक प्रणालीमा वहालवाला राष्ट्रपतिलाई पर्याप्त आधार बेगर महाभियोग लगाउन सकिँदैन । राष्ट्रपति ट्रम्पले आफूले कुनै गलत कार्य गरेको निरन्तर अस्वीकार गरिरहनुभएको छ । 

सदनद्वारा बजेट पारित, मेक्सिको पर्खालमा बजेट परेन 

डेमोक्र्याटिक पार्टीको बहुमत हासिल गरेको अमेरिकी संसदको पहिलो सत्रले अमेरिकी सङ्घीय कार्यालयहरुको बजेट पारित गरेको छ । सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गर्नुभएको सीमा पर्खालको बजेटलाई भने अनुमोदन गरेको छैन । 

बिहीबार राति बजेट पारित गरेसँगै पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त सभामुख पेलोसीले भन्नुभयो, “हामीले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न बजेट पारित गरेनौं । हामी पर्खालको विपक्षमा छौं भन्नेमा कसैलाई शंका छ र ?” 

बजेट पारित नभएका कारण १३ दिनदेखि कैयौं सङ्घीय कार्यालयहरु आंशिक बन्द छन् । राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित नभए विनियोजन विधेयकमा हस्ताक्षर नगर्ने अडान राख्नुभएको छ । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पर्खालको बजेटका बारेमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ