2026-07-24 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी, तीन जनाको मृत्यु

पुस २६, खार्तुम | सुडानमा सरकारको विरोधमा शुरु भएको प्रर्दशनको क्रममा तीन व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । 

खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । 

सरकारले पाउरोटीको मूल्य तेब्बर गरेको भन्दै सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी रहेको छ । 

खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 

ओम्डुम्र्यान सडकमा सरकारको विरोधमा प्रदर्शन गरिरहेका तीन जना प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर उनीहरु कसरी मारिए भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । 

गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस प्रदर्शनको क्रममा तीन प्रदर्शनकारीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको जानकारी प्रहरीले प्राप्त गरेको र यस विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा उल्लेख छ । 

ओम्डुम्र्यान अस्पतालमा बुधबार अबेर राति गोली लागेर घाइते भएका छ जना व्यक्तिको उपचार गरिएको एक चिकित्सकले जानकारी दिएका छन् । 

गोली प्रहारबाट घाइते भएका ती व्यक्तिहरुको उपचार गरिएको जानकारी ती चिकित्सकले दिएका छन् । तर यस बारेको विस्तृत विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । 

यसैगरी चिकित्सकहरुद्धारा प्रकाशित एक विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत भएको बताइएको छ । यस विषयमा सरकारको कुनै भनाई आएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक