2026-06-26 07:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वृद्धाले गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा खम्बामा ठोक्किँएर जिउं र टाउको छुट्टियो !

2019-01-19

माघ ५, काठमाडौं | भारतको मध्य प्रदेशस्थित पन्ना जिल्लामा एक वृद्धाले बस यात्राको क्रममा झ्यालबाट टाउको बाहिर निकाल्ने क्रममा निकै भयानक घटना घटेको छ । ती वृद्धाले बान्ता गर्न गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्ने बित्तिकै उनको टाउको काटिएर बाहिर खसेको छ । उनले दुर्घटना हुनु एकैछिन अघिमात्र सँगै बसेकी महिलासँग सिट परिवर्तन गरेकी थिइन् । उक्त डरलाग्दो घटना शुक्रबारको हो ।


कोतवाली पुलिस गानाका इन्स्पेक्टर अरविन्द कुजुरको भनाई उद्धृत गर्दै पीटीआईले दिएको जानकारी अनुसार छतरपुरबाट पन्ना हुँदै सतना जाँदै गरेको सार्वजनिक बसमा छतरपुर जिल्लाकी ५० वर्षीया आशारानी खरे सतना जाँदै थिइन् । पन्नाको साइन्स कलेज अगाडि भएको बिजुलीको खम्बामा ठोक्किएका कारण आशारानीको टाउको काटियो । उनको टाउको सडकमा बजारियो भने शरिर बसको सीटमा रह्यो ।

उनीसँगै बसेकी एक महिलाले घटनाबारे जानकारी दिएकी छिन् । भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले भनिन्, ‘मृतक महिला बीचमा बसेकी थिइन् । आफूलाई बान्ता हुने भन्दै उनले मलाई झ्यालमा बस्न दिन आग्रह गरिन् । मैले उनलाई आफू बसेको ठाउँ छोडिदिएँ । उनले बान्ता गर्न टाउको बाहिर निकाल्ने बित्तिकै दुर्घटना भयो । बस, खम्बाको यति नजिकबाट यात्रा गर्यो कि यी दुईबीच केही इन्चको मात्र दुरी थियो । यसैबीच दुर्घटना भयो ।’एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ