2026-07-25 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने, एक घण्टा ४४ मिनेट खानका लागि

माघ ११, बेइजिङ (रासस/सिन्ह्वा) | चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेको पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । 

नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए । 

सर्वेक्षणमा सहभागीहरु १५ बर्षका थिए । सन् २०१८ मा गरिएको सर्वेक्षणमा देशका ११ प्रदेशका किशोर सहभागी भएका थिए । 

सर्वेक्षणका अनुसार औसतमा हरेक चिनियाँले दैनिक नौ घण्टा १९ मिनेट सुत्ने गरेको पाइएको छ । त्यसैगरी उनीहरुले पैसा कमाउने काममा चार घण्टा २४ मिनेट औसतमा काम गर्ने गरेका अध्ययनले देखाएको छ । 

चिनियाँ नागरिकहरुको सामाजिक काममा सम्लग्न हुने समय भने निकै कम देखिएको छ । दैनिक २४ मिनेट मात्रै उनीहरु सामाजिक काममा समय विताउने गरेका छन् । 

सर्वेक्षणमा सहभागीहरुले शारिरिक सम्वन्धका लागि दिने समय, पैसा लिने र नलिने कामका लागि विताउने समयको पनि सर्वेक्षणकर्ताहरुले विवरण लिएका छन् । 

त्यसैगरी उनीहरुले फुर्सदको समयमा के गर्छन, पढ्न र घुम्नका लागि कति समय दिन्छन, विदाको दिन वा विदा नभएको दिन के के गर्छन् भन्ने बारेमा पनि उनीहरुले अध्ययन गरेका छन् । 

महिलाहरुको तुलनामा पुरुषहरुले दैनिक एक सय मिनेट बढी काम गर्ने गरेको पाइएको छ । तर पारिश्रमिकता नपाइने घरको काम र बच्चा हेर्ने कामका लागि भने महिलाहरुले दैनिक तीन घण्टा ४८ मिनेट विताउने गरेका छन् । जवकी यही कामका लागि पुरुषहरुले भने दैनिक ९० मिनेट मात्रै दिने गरेका छन् । 

चीनमा सवैभन्दा धेरै समय काम गर्नेमा २५ देखि २९ बर्ष उमेर समूहका नागरिक रहेका छन् । उनीहरुले दैनिक आठ घण्टा छ मिनेट काम गर्ने गरेको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणमा सहभागीहरुले दिएको उत्तर अनुसार फुर्सदको समयमा उनीहरुले मनोरन्जनका लागि सवै भन्दा धेरै समय टेलिभिजन हेर्ने गरेका छन् । यस्तो समय सामान्यतः दैनिक एक सय मिनेट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक