2026-06-26 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वका १० स्वस्थ्य शहरहरु (हेर्नुहोस् तस्विरसहित)

2019-01-31

संसारका बिभिन्न बिकसित शहरहरुमा स्वस्थ रहनका लागि धेरै किसिमका पक्रियाहरु पनि अप्नाइएका छन् । यी हुन संसारका १० शहर जसमा पूर्ण रुपमा स्वस्थकर मानिसहरु बस्दछन् ।

१) कोपनहेगन शहर (खुशी नै खुशी)


डेनमार्कको कोपनहेगन शहरमा खुशी नै खुशी छ । कोपेनहेगनलाई महत्वकांक्षी मानिसहरु, स्वच्छ वातावरण, सुखी परिवार, सुनियोजित खेलकुद, सामुदायिक कार्य जस्ता विभिन्न कुराले विश्वकै सबैभन्दा स्वस्थकर शहर बनाएको छ । प्रायः सवारी साधनमा साइकल याँहाको प्रमुख साधन हो ।

यहाँका अधिकांश मानिसहरु साइकल चलाएरै काममा जाने गर्दछन भने सामन किन्न, रेष्टुरेन्टमा जान मानिसहरु हिडेरै जाने गर्दछन् । त्यसैले यहाँका मानिसहरु फुर्तिलो शरीर र खुशी बोकेर जीवन जिउने गर्दछन् ।

२)ओकिनवा (जेष्ठ नागरिकको शहर)


ओकिनवा शहर जापानको प्रमुख शहरहरु मध्यको एक हो । जापानमा मानिसहरु धेरै लामो आयु हुन्छ भन्ने कुरा त हामी सबैलाई थहा भएकै कुरा हो ।

यहाँ पुरुषहरुको औषत आयु ७८ वर्ष छ भने महिलाहरुको ८६ वर्ष छ । ७८ वर्ष बाँच्नु भनेको विश्वका अरु महिलाहरु भन्दा १३ वर्ष बढी बाँच्नु हो ।

यहाँ सय वर्ष भन्दा बढी बाँच्ने मानिसहरुको धेरै संख्या ओकिनवामा शहरमा छ । मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर जस्ता रोगहरुको जोखिम निकै नै कम देखिन्छ ।

आर्थिक रुपले सामन्य भएपनि यहाँका व्यक्तिहरुको जीवनशैली भने गुणात्मक रुपले राम्रो छ ।

३) मन्टि कार्लो (शिशुको लागि उज्वल भविष्य)


फ्रान्सको मोनाकोमा पर्ने यो शहर विश्वमै नवजात शिशुको कम मृत्यु हुने शहर हो । यहाँ १००० नवजात शिशुको जन्ममा जम्मा १.८१ मात्र मृत्यु दर रहेको पाइन्छ । स्वस्थको लागि सक्रिय स्वास्थ मन्त्रालय रहेको यस शहरमा गर्भावस्थामै बच्चाको राम्रो निगरानी, सुत्केरी गराउने दक्ष विशेषज्ञ र बच्चाको राम्रो स्याहार गर्ने परम्परा रहेको छ । उच्च गुणस्तरिय प्रविधि रहेको यस शहरमा बासीन्दा निकै नै शुखी छन् । क्यासिनो, रेसीङ कार, सुविधा सम्पन्न जहाज र स्वस्थ बच्चाहरु यहाँको मुख्य विशेषता हुन् ।

४. भ्यानकुभर (गहिरो श्वास लिऔं)


क्यानेडामा पर्ने भ्यानकुभर शहर विश्वमै प्रख्यात शहर हो । यहाँ स्वच्छ हावा र स्वस्थ वातावरण छ । धेरै बाक्लो बस्ती भएपनी कडा सरकारी नियम, व्यापारिक मापदण्ड आदिले शहरलाई स्वस्थ राख्न भरपुर प्रयत्न गरेको छ । स्वस्थकर क्यानेडियन शहर बनेको यस शहर, सन् २०२० सम्ममा हरियो शहर योजनामा छ ।

५) मेलवर्न (स्फुर्त र मिलनसार शहर)


अष्ट्रिेलियको मध्य भागमा पर्ने यस शहर सबैभन्दा बस्न लायक शहरको रुपमा परिचित छ । कम अपराधिक गतिविधि, उत्कृष्ट स्वास्थ्य सेवा, उच्च जीवनशैली र धार्मिक अवधारणाले गर्दा यस सहरलाई अझ सुन्दर बनाएको छ । सास्कृतिक एवं खेलकुद गतिविधिले गर्दा पनि यस सहरलाई बस्न लायक बनाएको छ । यहाँको स्वच्छ हावा र वातावरणले गर्दा मानिसहरुको मानिस अवस्था पनि स्वस्थ छ भने यहाँका बासीन्दाहरु निकै नै मिलनसार रहेको पाइन्छ ।

६) न्युयोर्क (धुम्रपान निषेधित शहर)


धुम्रपानले धुम्रपान गर्ने व्यक्तिलाई मात्र होइन अरुलाई समेत असर गर्दछ । यसै मानसिकताका साथ् न्युयोर्क धुम्रपान निषेध गर्ने शहरहरुको अग्रस्थानमा पर्दछ । धुम्रपान गर्न मन नपराउनेहरुको लागि यो शहर एक किसिमको स्वर्ग नै हो भन्दा फरक नफर्ला । न्युर्योक शहरमा धेरै कम ठाउँमा मात्र धुम्रपान गर्न पाइन्छ । यो कुराले सबैलाई चकित बनाएको होला तर, यो कुरा साँचो हो । यस सहरमा विस्तारै चुरोट या सुर्तीजन्य पदार्थको किनबेचमा समेत प्रतिबन्ध लगाउने नियमहरु बनाउदै गरेको पनि विभिन्न समाचारमाध्यममा समाचारहरु प्रकाशित भएका छन् । सबैको केन्द्रविन्दु बनेको न्यूयोर्कमा अति नै प्रतिशपर्दी जीवनशैली पाईन्छ ।

७) जोनकोपिङ (जेष्ठ नागरिक नै मोडल)


स्वीडेन गुणस्तरीय जीवनशैली हुने देशहरुको उच्च स्थानमा रहेको पाइन्छ । स्वीडेनको जोकोपिङ नामक शहरमा एक काल्पनिक बृदा (इस्थर) जुन ८६ वर्ष उमेरकी छिन् । उनलाई लिएर सरकारले विभिन्न कार्ययोजना बनाएको छ । एक छोरी र धेरै साथि भएकी इस्थरलाई विभिन्न रोग लागेको छ तर पनि उनि एक्लै आफ्नो घरमा बस्छिन् । बृदाको जीवन सुखद र स्वस्थ बनाउन प्रशासनिक व्यावस्था, नियम र संस्थाहरु लागि परेका छन् । साँचै उनलाई एक मोडल भन्दा कम मानिएको छैन । उनी जस्तै धेरै जेष्ठ नागरिकको जीवनको राम्रो हेरचाह गर्न सरकार कटिबद्द छ ।त्यसैले यस शहरमा घुम्न जाने जेष्ठनागकिहरुलाई कुनै किसिमको अफ्ठयारो स्थिती उत्पन्न हँदैन ।

८) ह्याभना (प्राथामिक उपचारको प्रभावकारिता)


क्युवा एक गरिव देश हो ।तर, यही देशको एक शहर हयाभना भन्ने शहर भने संसारका स्वस्थकर शहरमध्ये एक हो । सिमित साधन र स्वास्थ सुविधा भएपनि ह्याभनामा रोग लाग्न नदिन विभिन्न उपायहरु अपनाइन्छ । यहाँ आफु र आफ्नो छिमेकीको हेरचाह गर्न बाल्यकालदेखि नै सबैलाई सिकाइन्छ । यहाँ बालबालीकालाई पनि सबै खाले प्राथमिक उपचार पक्रिया सिकाइन्छ भने बालबालिकाको नियमित स्वस्थ्य उपचार गराइन्छ । त्यतीमात्र नभई अझ यहाँको अचम्मको कुरा के छ भने यहाँका मानिसहरुलाई धेरै जटिल रोग नै नलाग्ने । त्यसैले यो शहर उपचारभन्दा रोकथामका पक्रियाहूरु अप्नाइनुपर्छ भन्ने शर्तमा अगाडी बढेको छ ।

९) सिंगापुर (कम पैसामा स्वास्थ उपचार)


सिंगापुर विश्वमै प्रभावकारी स्वास्थ सेवा प्रदान गर्ने देश मानिन्छ । यहाँका ८० प्रतिशत बासीन्दाले सरकारी स्वास्थ्य सेवा प्रयोग गर्दछन् । यहाँ सरकारले नै सम्पूर्ण जनतालाई स्वास्थको लागि पैसा जम्मा गर्न आवहान गरेको छ र व्यस्था मिलाइदिएको छ । त्यसैले यहाँ स्वास्थ्य सेवा लिन निकै नै सजिलो मानिएको छ । विश्वका कुनैपनि सम्पन्न राष्ट्रहरुले जति स्वास्थ्यमा खर्च गर्छन त्यो भन्दा सिंगापुरले निकै कम खर्च गरेको तथ्याङकमा उल्लेख छ । जति सुकै आम्दानी भएपनि सबै जनताले उस्तै उच्च गुणस्तरको स्वास्थ्य सेवा पाउनु उदाहरणीय कुरा हो । त्यसैले सिङगापुरलाई एक उदारणको रुपमा हेरिएको छ ।

१०) नापा (उच्च सभ्यताको प्र्रतिक)


अमेरीकाको क्यालिफोर्निया राज्यमा पर्ने नापामा धेरै पौराणीक सभ्यता पाइन्छ । यहाँका मानिसहरु परापूर्व कालदेखि नै सभ्य रहेको पाइन्छ । आँफैले उब्जाएको खानेकुरा, साइकल चलाउने, धेरथोरै पैदल हिँड्ने र झट्ट नरिसाउने व्यवाहरले यहाँका मानिसहरु सभ्य छन भन्ने प्रमाणित हुन्छ । पोषणयुक्त खानेकुरा पकाउने, मोटोपना रोक्ने, पुर्ण रुपमा स्तनपान गराउने र छिमेकिसँगको राम्रो सम्बन्धले गर्दा पनि यस शहरको सभ्यतालाई झल्काएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ