2026-06-27 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको टेक्सास राज्यमा एक जनालाई मृत्युदण्ड

2019-01-31

माघ १७, वासिङ्टन | प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ । तीस वर्षअघि रोबर्ट मिचेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए । 

जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समय अनुसार बिहानै ६ बजे मृत्युदण्ड दिइएको थियो । जेनिङ्सले जुलाई १९, १९८८ मा ह्युस्टनको पुस्तक पसलमा प्रहरी अधिकारी एल्स्टन होवार्डलाई गोली हानी हत्या गरेका थिए । 

संयुक्तराज्य अमेरिकामा जेनिङ्स विरुद्ध दिइएको यो मृत्युदण्ड सन् २०१९ को पहिलो घटना हो । 

जेनिङ्स विरुद्ध सन् १९८९ मै मृत्युदण्डको फैसला सुनाइएको थियो । तर माफीको माग गर्दै दर्जनौं मुद्दा अदालतमा दर्ता भएका थिए । 

यसै साता अदालतले उनको पछिल्लो आग्रहलाई अस्वीकार गरेको थियो । 

सन् २०१८ मा अमेरिकामा २५ जनालाई मृत्युदण्ड दिइएको थियो । तीमध्ये टेक्सास राज्यमा मात्र १३ जनाले यस्तो सजाय पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ