2026-06-25 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

2019-02-01

माघ १८, टोकियो  | जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन्दीसँगै यतिठूलो नोक्सान भएको हो । 

सरकारी निवृत्तिभरण लगानी कोषले गत वर्ष सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरको चार महिनाको अवधिमा करिब ९ दशमलब १ प्रतिशत नोक्सानी भएको जनाएको छ । 

गत वर्ष सन् २०१८ को अन्तिम चौमासिकमा विश्व शेयर बजार केही खस्किएको थियो । खासगरी, एक महिनाभन्दा बढी समय अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भएका र अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी तनाब सिर्जना गरेका कारण शेयर बजारमा अनिश्चय छाएको थियो । 

“अक्टोबरदेखि डिसेम्बरको चौमासिक अवधिमा अनिश्चित बनेको विश्व आर्थिक तथा कर्पोरेट परिदृश्यका कारण घरेलु र अन्तर्राष्ट्रिय शेयर बजार निकै ओरालो लाग्यो,” कोषका अध्यक्ष नोरिहिरो ताकाहासीले एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ । 

यद्यपी, उहाँले कोषमा दिर्घकालीन लगानीकर्ताहरु रहेका र उनीहरुले वर्षमा औसतमा २ दशमलब ७३ प्रतिशत नाफा कमाउन सफल रहेको बतउनुभयो ।

जापानी निवृत्तिभरण कोषमा १५० ट्रिलियन येनभन्दा बढी रकम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ