2026-06-26 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वभर आत्महत्याको दर घट्यो

माघ २४, पेरिस (रासस/एएफपी) | सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या गर्ने महिला र पुरुषको संख्यामा निकै ठूलो भिन्नता रहेको उल्लेख छ । 

विश्वको स्वास्थ्य स्थितिका बारेमा अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्ने डब्लुएचओले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्याका रुपमा सूचीकृत गरेको छ । डब्लुएचओका अनुसार हरेक वर्ष कम्तीमा आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । 

बीएमजे जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०१६ मा विश्वभर करिब ८ लाख १७ हजारले आत्महत्या गरेको उल्लेख छ । सन् १९९० को तुलनामा यो ६ दशमलब ७ प्रतिशतको वृद्धि हो । 

तर, विगत तीन दशकमा जनसंख्यामा भएको तीव्र वृद्धिसँगै उमेर र जनसंख्याको आकारका दृष्टिबाट आत्महत्याको दरमा प्रति एक लाख मृत्यु १६.६ प्रतिशतबाट घटेर ११.२ प्रतिशत भएको छ । जनसख्या वृद्धि र मृत्युको अनुपातको तथ्याँक विश्लेषण गर्दा आत्महत्याको दरमा करिब ३२ दशमलब ७ प्रतिशतले कमी भएको छ । 

“आत्महत्याबाट हुने मृत्युलाई रोक्न सकिन्छ र यो अध्ययनले आत्महत्या रोकथामका लागि भइरहेका प्रयत्नलाई अझ व्यापक बनाउन सुझाव दिएको छ,” क्यानाडेली जनस्वास्थ्य निकायकी अनुसन्धान वैज्ञानिक हिथर ओर्पानाले बताउनुभयो । 

हेल्थ एन्ड मेट्रिक्स इभालुएसन इन्स्टिच्यूटले हरेक वर्ष मृत्युको कारण, स्थान, उमेर तथा लिङ्गको समग्र अध्ययन गरी ग्लोबल बर्डेन अफ डिजिज अर्थात् मृत्युको कारणहरुको विश्लेषण गर्दछ । 

आत्महत्याका कारण हुने मृत्युका घटनामा समग्रमा कमी आएको देखिए पनि केही मुलुकमा आत्महत्याबाट धेरैले ज्यान गुमाउने गरेको पाइएको अध्ययनले देखाएको छ । 

साथै, महिलाको तुलनामा पुरुषहरुले आत्महत्या गर्ने प्रवृत्ति बढी देखिएको छ । “पुरुषको मृत्युदर नै बढी देखिएको छ तर उमेर, र कतिपय सन्दर्भमा देश अनुसार यसमा विभिन्नता पाइन्छ,” ओर्पानाले बताउनुभयो । 

विश्वभर, आत्महत्याका कारण हुने प्रति एक लाख मृत्युमध्ये पुरुषको अनुपात १५.६ रहेको छ भने महिलाको अनुपात ७ रहेको छ । 

डब्लुएचओले सन् २०२० सम्ममा विश्वभर आत्महत्याका कारण हुने मृत्युलाई १० प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ । 

चीनमा सन् १९९० यता आत्महत्याका कारण हुने मृत्यु दरमा करिब ६४.१ प्रतिशतले घटेको छ । तर जिम्बाबेमा आत्महत्याका घटना झण्डै दोब्बरले वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ