2026-06-26 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्ती नाच्दा एक्कासि भाँच्चियो पुल, बेहुलासहित १५ जना नालीमा खसे

2019-02-11

माघ २८ । विवाहमा जन्ती खुबै नाच्छन् । बाजागाजासहित बेहुली लिन गएका जन्ती आफूले सक्ने जती जिउ मर्काउँछन् र खुट्टा बजार्छन् । तर शनिबार राती जन्तीको यही नाचले भारतको नोयडास्थित एउटा पुल भाँच्चिदा बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् । जसमा दुई बालक घाइते भएका छन् ।

घटना साढे ९ बजेको हो । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए ।

३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ