2026-06-24 08:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका युवराज चीन पनि आउने

2019-02-16

फागुन ४, बेइजिङ । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले एसियाली देशहरुको भ्रमण गर्ने क्रममा चीनको पनि भ्रमण गर्नुहुनेभएको छ । 

उहाँले यही फेब्रुअरी २१ देखि २२ तारिख सम्म चीनको भ्रमण गर्ने तय भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

साउदी अरबका उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहनुभएका सलमान चीनका उपप्रधानमन्त्री हान झेङको निमन्त्रणामा चीन आउन लाग्नुभएको हो । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले भ्रमणका क्रममा युवराज सलमानले चिनियाँ उच्च अधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

उहाँले यसअघि पाकिस्तानको दुई दिने भ्रमण यही फेब्रुअरी १६ र १७ तारिखमा गर्ने कार्यक्रम तय भएको छ । 

त्यसपछि यही फेब्रुअरी १८ देखि १९ सम्म युवराज सलमानले इन्डोनेसियाको भ्रमण गर्नुहुने जनाइएको छ । इन्डोनेसिया आउनु भन्दा अगाडी उहाँले मलेसियाको पनि भ्रमण गर्नुहुनेछ भने त्यसपछि उहाँ भारत आउनुहुनेछ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उहाँको दुई दिने भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन् । भारतपछि उहाँ चीन आउनुहुने भएको हो । 

साउदी युवराजको आसन्न भ्रमणको तयारीका लागि संवन्धीत देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तीव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् । 

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धीत देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

उहाँको सवै भ्रमण आपसी सम्वन्ध, दुई पक्षिय हित र सहयोग आदान प्रदानका विषयमा केन्द्रीय हुने समाचारमा जनाइएको छ । 

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे