2026-06-26 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० लाख बूथ, ९० करोड मतदाता: यसरी हुँदैछ भारतमा चुनाव, आजैदेखि आचारसंहिता लागु

फागुन २६, काठमाडौँ | भारतका मुख्य निर्वाचन आयुक्त सुनिल अरोडाले यस पटकको भारतीय निर्वाचनमा ९० करोड मतदाताले भोट हाल्ने बताएका छन् | भारतको केन्द्रीय चुनाव आयोगका अनुसार पछिल्लो लोकसभा चुनावको भन्दा अहिले ८.४३ करोड मतदाता बढेका छन् |

भारतभर मतदानको लागि १० लाख बूथ निर्माण गरिएको पनि निर्वाचन आयोगले जनाएको छ | यस पटक भारतमा विद्युतीय भोटिङ मेशीनहरुको प्रयोग गरि भोट गर्ने व्यवस्था रहनेछ, जसमा उम्मेदवारको तस्वीर समेत हुनेछ | निर्वाचन आयुक्त सुनिलका अनुसार भारतमा यो पटक १.५ करोड युवाले पहिलो पटक मतदान गर्नेछन | जसको उमेर १८ देखि १९ बर्षको बीचमा रहेको छ |

चुनाव आयोगले लोकसभा चुनाव २०१९ को लागि मिति समेत तोकेको छ | जस अनुसार भारतमा यो पटक ७ चरणमा मतदान हुनेछ | २३ मेमा मतगणना हुने पनि जानकारी दिईएको छ | पहिलो चरणमा लोकसभा चुनाव ११ अप्रिलमा हुनेछ, दोश्रो चरणको मतदान १८ अप्रिल, तेश्रो चरणको मतदान २३ अप्रिलमा हुनेछ, चौथो चरणको मतदान २९ अप्रिल मा हुनेछ, तयस्तै पाँचौं चरणको मतदान ६ मे का दिन हुनेछ भने छैटौं चरणको मतदान १२ मेका दिन हुनेछ र ७ औं चरणको मतदान १९ मेका दिन हुनेछ |


भारतमा चुनावको  मिति तय भए लगत्तै आजैदेखि आदर्श आचार संहिता लागू भएको छ | भारतको केन्द्रीय चुनाव आयोगले जनाए अनुसार आचार संहिता तोडेमा कारवाही भोग्नु पर्नेछ | मतदानको लागि भारतका सबै बूथमा VVPAT को प्रयोग हुनेछ | चुनाव आयोगले रातको १० बजेदेखि बिहान ६ बजेसम्म लाउडस्पीकरको प्रयोग गर्न रोक लगाएको छ | मतदानभन्दा ४८ घण्टा पहिले लाउडस्पीकर बजाउन पूर्ण रोक लगाइएको छ | चुनाव आयोगले विद्युतीय भोटिङ मेशीनहरुको सुरक्षालाई ध्यानमा राखेर विद्युतीय भोटिङ मेशीनहरु लिएर जाने सबै सवारीमा GPS ट्रयाकर लगाउने फैसला गरेको छ | 

सबै चुनावी प्रक्रिया की भिडियोग्राफी हुने बताइएको छ | आयोगले लोकसभा चुनावको लागि हेल्पलाइन नम्बर 1950 समेत जारी गरेको छ | चुनाव आयोगले गुनाशोको लागि एक एप समेत लन्च गरेको छ, जसमा गुनाशो गर्दा १०० घण्टा भीत्र कार्रवाही हुने बताइएको छ | चुनाव आयोगका कन्ट्रोल रूममा २४ घण्टानै गुनाशो दिन सकिने छ | 

सामाजिक संजालमा चुनाव आयोगले कडाई गरेको छ | उम्मेदवारले आफ्नो सामाजिक संजालको एकाउन्टको जानकारी चुनाव आयोगलाई दिनुपर्ने नियम बनाइएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने