2026-06-26 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज ‘अप्रिल फूल’ ! झुक्याउला है कसैले

चैत १८, काठमाडौँ | आज अंग्रेजी पात्रोको अनुसार अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल १ तारीख 'अप्रिल फूल'। आज विश्वका विभिन्न देशहरुमा यस दिनलाई 'मुर्ख दिवस'को रुपमा मनाउने गरिन्छ । मानिसले मानिसलाई मुर्ख बनाउने, झुक्याउने दिनको रुपमा अप्रिलको पहिलो दिन मनाउने पहिलेदेखिकै चलन छ । 

नेपालमा यसले त्यति धेरै महत्व नराखेपनि आज अप्रिल फूल भन्ने नजान्नेहरुलाई नमज्जाले झुक्याउने गरेको पाइन्छ । आज यस्तो दिन हो भन्ने थाहा पाउनेहरुले आफ्नो मन मिल्ने साथी वा कसैलाई गलत जानकारी दिएर झुक्याउने तथा अनावश्यक दु:ख दिने गरेका छन् । आजको दिन जोक भन्ने साथी, परिवार सदस्य, शिक्षक, छिमेकी र अफिसका स्टाफहरुलाई झुक्याउने चलन छ । 

खासगरी युवाहरुमा अफ्रिल फूलको बढी प्रभाव रहेको छ । आज खाना खान आउँछु भनेर ढाट्ने तर नगईदिने, फलानाले बोलाएको छ भनेर झुटो बोल्ने, नभएका घटना बताएर ढाट्ने आदि कृयाकलाप गरिन्छ । 

यस क्रममा कतिपयले आफ्नो मान्छेलाई संवेदनशील बिषयमा समेत ढाट्ने गरेको पाइएको छ । फलानो मान्छे बिरामी छ भनेर अस्पताल समेत पठाउने गरेको पाइन्छ । तर अप्रिल फूल भन्दैमा यति हदसम्मको दु:ख वा संवेदनशील झुट राम्रो भने होईन । 

बर्षौं पहिले पश्चिमी मुलुकका केहि मानिसले यस दिनलाई मुर्ख बनाउने दिन घोषित गरेका थिए । पछि गएर यो प्रचलन विश्वभर प्रशिद्ध हुँदै गएको पाइन्छ । 

ब्रिटेन, न्यूजिल्याण्ड, अस्टेलिया र दक्षिण अफ्रिकामा आजको दिन केवल अपरान्ह सम्ममात्र हँसिमजाक गरिन्छ । यदि कोहि कसैले अपरान्हपछि ठट्यौली गरे भने त्यस्लाई अप्रिल फूल भनिन्छ । तर फ्रान्स, आयरल्याण्ड, इटली, दक्षिण कोरिया, जापान, रुस, जर्मन आदि देशहरुमा भने अप्रिल फूल दिन भरी नै मनाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित