2026-06-27 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा प्रदर्शनकारीले सैनिक मुख्यालयलाई नै निशाना बनाएपछि…

2019-04-09

चैत २६, खार्तुम । सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । 

सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन् । 

राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शन शुरु भएको थियो । 

बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । मङ्गलबार बिहान सबेरै राष्ट्रिय गुप्तचर विभागका सदस्यहरु, सुरक्षा सेवाका सदस्य र दङ्गा प्रहरीको संयुक्त प्रयासमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । 

सेनाले आफ्नो प्रवेशद्वार खोलेपछि प्रदर्शनकारीहरु भित्र छिरेको र त्यसपछि भारी मात्रामा अश्रुग्यास प्रहार गरिएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । केही समयपछि सेनाको एक समूहले हवाई फायर गरेको थियो । 

गत डिसेम्बरमा पाउरोटी र तेलको मूल्य बढेपछि शुरु भएको आन्दोलनका क्रममा हालसम्म ३८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

गत शनिबारदेखि जारी पछिल्लो प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु हुनका साथै अन्य १५ जना घाइते भएको गृहमन्त्री बसहारा जुमाले बताएका छन् ।

उन का अनुसार यस प्रदर्शनका क्रममा ४२ सुरक्षाकर्मी घाइते भएका र दुई हजार ४९६ सर्वसाधारण पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरुले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको विषम परिस्थितिलाई थप अस्थिर हुन नदिन सेनाको सहयोग आवश्यक रहेको बताएका छन् ।

उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन् । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी