२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न

२०७५, २८ चैत्र बिहीबार १६:४५

चैत २८, काठमाडौँ | भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ । 

मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ । स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८.२० प्रतिशत मतदाता सहभागी भएका छन् । 

त्यसपछि धेरै आसाममा सहभागी भएका छन् । आसाममा ६८ प्रतिशत मतदाताले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी लक्ष्यदीपमा ६५.९ प्रतिशत, मेघालयमा ६२ प्रतिशत, तेलङगनामा ६०.५७ प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, बिहारमा ५०.२६ प्रतिशत र महाराष्ट्रमा ५५.७८ प्रतिशतले मतदाता निर्वाचनमा सहभागी भएका छन् । 

अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा गरी २० भन्दा बढी राज्यका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो । 

भारतमा देशभरी सात चरणमा लोकसभाको निर्वाचन हुन लागेको छ । मतदान आगामी मे १९ मा सकिने कार्यतालिका रहेको छ । 

यस निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका जनमत संग्रहको रूपमा पनि हेरिएको छ । प्रधानमन्त्री मोदी अहिले पनि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँलाई यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने अनुमान गरिएको छ । कङ्ग्रेसले पार्टी अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रुपमा अगाडी सारेको छ । 


उनीहरु बाहेक भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ । निर्वाचन परिणाम मे २३ तारिखका दिन सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । 

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् । खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । मतदानको दिन भयावह र उल्लेख्य हिंसाका घटना नभएपनि यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीले स्थानीय विधायकसहित पाँच जनाको हत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ