2026-07-24 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानका नयाँ सम्राट नारुहितोद्वारा राज्यारोहण

मारी यामागुची | बैशाख १८, टोकियो  | जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ । 

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।

राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गर्नुभयो ।

विदेशमा अध्ययन गर्ने पहिलो तथा जापान पराजित भएको दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मङ्गलबार मध्यरातमा “क्रिसेन्थिमम थ्रोन” नाम दिइएको विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो । उहाँका बुबा सम्राट अकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको थियो । जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो । 

“मैले विशेष जिम्मेवारी ग्रहण गरेको बारेमा सोच्दै गर्दा ममा गम्भीरताको अनुभूति भएको छ,” नारुहितोले भन्नुभयो । आफ्ना बुबाको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटहरुले कोरेको मार्गलाई आफूले गम्भीर रुपमा प्रतिबिम्बित गर्ने बताउनुभयो ।

उहाँले जापानको संविधानप्रति पूर्ण बफादार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संविधान बमोजिम जापानी सम्राटलाई राजनीतिक अधिकार हुँदैन । तर जापानी राजतन्त्रले राष्ट्रिय प्रतिकका रुपमा जिम्मेवारी वहन गर्ने परम्परा छ । उहाँले भन्नुभयो, “म जनताको खुशी तथा मुलुकको विकासका साथै विश्व शान्तिका लागि पूर्ण इमान्दारीका साथ कार्य गर्नेछु ।”

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो । उहाँको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो । 

जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ । जापानी समाजमा इश्वरको रुपमा लिइने राजसंस्थाको प्रारम्भ इसापूर्व ६०० देखि भएको मानिन्छ । 

राजगद्दी त्यागेका अकिहितोलाई जापानी भाषामा “जोको” भनेर सम्बोधन गरिनेछ । जोकोको अर्थ “बडासम्राट” हो ।

नारुहितो आधुनिक विश्वका नयाँ सम्राट हुनुहुन्छ । पिता पुर्खाभन्दा उहाँका सोचाई र व्यवहार फरक छन् । अकिहितोको तीन दशकको राज्यकालमा जापानी राजतन्त्रको “युद्धउन्मूख” विगतको भूमिकामा सुधार ल्याउनेतर्फ केन्द्रित थियो । 

नारुहितोकी आमा मिचिकोको जन्म नै सामान्य परिवारमा भएको थियो । मिचिकोको अध्ययन इसाई स्कुलमा भएको थियो । सम्राट अकिहितो र साम्राज्ञी मिचिकोले जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयत्न गर्नुभएको थियो । उहाँहरुले अशक्तता भएका मानिसहरु, विभेदमा परेका र प्राकृतिक विपदमा परेका व्यक्तिसँगको भेटघाटमा समय खर्चिनुभएको थियो ।

नारुहितोको राज्यभिषेक समारोहमा उहाँकी पत्नी साम्राज्ञी मासाको र छोरी आइकोलाई प्रवेश दिइएको थिएन । यो विशेष समारोहमा पुरुषहरुलाई मात्र प्रवेश गर्न दिइने प्रचलन छ । तर जापानी मन्त्रिपरिषदकी एक सदस्यलाई भने उक्त समारोहमा प्रवेश दिइएको थियो । उहाँ त्यस समारोहमा सहभागी हुन पाउने एकमात्र महिला हुनुहुन्थ्यो ।

सम्राट नारुहितोको राज्याभिषेकलाई जापानीहरुले निकै महत्व र उत्साहका साथ स्वागत गरेका छन् । विशेष समारोह भइरहेको राजदरबारको बाहिर धेरै मानिस भेला भएका थिए । केही मानिस पूर्व सम्राट अकिहितोको बिदाई हेर्न भेला भएका थिए भने केही नयाँ सम्राटको आगमनको प्रतिक्षामा थिए ।

यही दिनको सम्झनामा केही व्यक्तिले बिबाह पनि गरेका थिए । जापानमा मङ्गलबार मध्यरातपछि नयाँ युग “रेवा” शुरु भएको थियो ।

जापानको संविधान बमोजिम राजनीतिक अधिकारविहीन राजतन्त्रलाई प्रतिकका रुपमा लिइन्छ । युद्धताकाका सैनिक सरकारहरुले राजतन्त्रलाई जीवित भगवानका रुपमा लिने प्रचलन थियो तर सन् १९४५ मा जापान पराजित भएपछि नारुहितोका हजुरबुबाले सक्रिय राजतन्त्र त्यागेका थिए । 

नारुहितोले बुबा अकिहितोको पदचिह्नमा हिँड्ने र आमजनतासँग नजिकमा रहेर काम गर्ने बताउनुभएको छ । राजप्रासादका बारेमा जानकारहरुले सम्राट नारुहितोले विश्वका जल्दाबल्दा विषयमा ध्यान केन्द्रित गर्ने सम्भावना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक