2026-06-26 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आपतकालीन अवतरण गर्नेक्रममा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त, कम्तीमा ४० जनाको मृत्यु

2019-05-06

बैशाख २३, मस्को । रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो ।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । तर स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताउनुभएको छ ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो । 

शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो । बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो ।

सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो । 

यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ । 

सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो । यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी