2026-06-26 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोनाल्ड ट्रम्पले करबृद्धि गर्ने चेतावनी दिएपछि…

2019-05-06

बैशाख २३, हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । 

विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट ‘सकारात्मक’ रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन ।

तर व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ । शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । 

‘विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,’ राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्वीट गर्दै भनेका छन्, ‘अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।’

राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

अमेरिका र चीनले गतवर्ष एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करबृद्धि गरेका छन् । तर राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप करबृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गतवर्ष डिसेम्बर १ तारिख व्यापार वार्ता जारी छ । उक्त सहमति भएपछि शेयर बजारको गिरावट रोकिएको थियो ।

हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी