2026-06-26 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानी विदेश मन्त्री भारतमा

2019-05-14

बैशाख ३१, नयाँ दिल्ली   | इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँ दिल्लीको भ्रमणमा पुग्नु भएको छ । 

उहाँले मङ्गलबार आफ्ना भारतीय समकक्षी शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सन् २०१९ भित्रै इरानी विदेश मन्त्री जाभेदको भारतको यो दोस्रो भ्रमण हो ।  यसअघि उहाँले उहाँले सन् २०१९ को जनवरी ७ देखि ९ भारतको भ्रमण गर्नुभएको थियो । 

दुई मन्त्रीबीच मङ्गलबार हुने भेटवार्तामा इरान र संयुक्तराज्य अमेरिकाबीच हाल जारी विवादको विषयमा पनि वार्ता हुने जनाइएको छ ।

करिब दुई हप्ता अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध घोषणा गरे पनि तेल आयात गरिरहेका मुलुकहरुले अब त्यस्तो छुट नपाइने घोषणा गरेपछि तेल आयातमा कठिनाई उत्पन्न भएको छ । त्यस्तो छुटको उपभोग भारत लगायत दक्षिण कोरिया, जापान, चीन समेतका मुलुकले गरिरहेका थिए । 

भारतलाई आवश्यकता रहेको कुल तेलको करिब १० प्रतिशत इरानले आपूर्ति गर्दै आएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ