2026-07-25 10:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मकै बारीमा प्लेन अवतरण गरेर २३३ यात्रुलाई जोगाएका पाइलट ‘हिरो अफ रसिया’ पुरस्कारबाट सम्मानित

 भदौ १, एजेन्सी | मकै बारीमा अवतरण गरी २३३ यात्रुलाई जोगाएका हवाईजहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका छन्। बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई जोगाएका पाइलटलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ बाट सम्मानित भएका हुन्।

४१ वर्षका पाइलट दामिर युसुपोफले आफू नडराएको भएरमात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन्। प्लेन उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए। तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताए। युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो। राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’को  मेडल प्रदान गरेका थिए।

अरु चालक दलका सदस्यलाई पनि रुसका शिर्ष पुरस्कारबाट सम्मानित गरिएको थियो। त्यस अवतरणपछि ७४ जनाले स्वास्थ्य जाँचको माग गरेका थिए। त्यसमध्ये २३ जनालाई अस्पताल लगिएको थियो र एक जना बाहेक अरु सबैलाई  डिस्चार्ज गरिएको थियो।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्वसदस्य जोन गोगलियाका अनुसार चरा र इन्जिन ठोक्किने समस्याको समाधान बाटो वर्षौंदेखि खोजिए हालसम्म भेटिएको छैन । मकैबारीमा ठूलो ढुंगा र रुख नभएको हुँदा अवतरणका लागि उत्कृष्ट ठाउँ रहेको गोगलियाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक