2026-07-25 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो आकाशमा भारतीय जहाज उडान गर्न नदिने पाकिस्तानको चेतावनी

भदौ ११, एजेन्सी | मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव गरेका छन् | भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको स्थलमार्ग पनि बन्द गर्नेबारे कानुनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन्। ‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं,’ उनले ट्वीटरमा भनेका छन् | यसअघि गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो।  १३८ दिनसम्म बन्द भएको आकाश जुलाई १६ मा खुलेको थियो।

पाकिस्तानी आकाश बन्द हुँदा भारतीय जहाजलाई नयाँदिल्लीदेखि युरोपको दूरी २ घन्टा बढ्छ । दिल्लीबाट पूर्वी अमेरिकी सहरमा उडान भर्ने जहाजले बीचमा इन्धन हाल्न रोकिनु पर्दा यात्रा समय चार/पाँच घन्टा लम्बिन्छ। यसअघि  पाकिस्तानले आकाश बन्द गर्दा एयर इन्डियालाई ५ सय ६० करोड भारतीय रुपैयाँ घाटा लागेको थियो भने स्पाइस जेट र गो एयरले ६० करोड भारू गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक