२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कश्मीरका जनता भन्छन, भारतीय सेना आएर यातना दियो

२०७६, १३ भाद्र शुक्रबार ०९:२८

भदौ १३, काठमाडौँ | भारत प्रशासित कश्मीरमा तैनाथ सुरक्षाबलमाथि कुटपिट र प्रताडनको आरोप लागेको छ । थुप्रै स्थानीयले बीबीसीसँगको कुराकानीमा उनीहरुलाई लट्ठी र केबलले कुटिएको र बिजुलीको झट्का दिइएको बताए ।

थुप्रै स्थानीयले मलाई आफ्नो घाउ देखाए । तर बीबीसीले यी आरोपको पुष्टि अधिकारीमार्फत् गर्न  सकेनन् । भारतीय सेनाले यी आरोपलाई ‘आधारहीन र अप्रमाणित’ बताएका छन् । विभिन्न प्रतिबन्धका कारण कश्मीर पछिल्लो तीन हप्ताभन्दा बढी समयदेखि ‘बन्द’ को स्थितीमा छ । पाँच अगस्टमा जबदेखि धारा ३७० खारेज गरियो तबदेखि सूचना निकै कम आइरहेको छ । यो इलाकामा दसौं हजार अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको छ र कथित रुपमा नेता, व्यापारी र कार्यकर्तासमेत तीन हजारलाई हिरासतमा लिइएको खबर छ । कतिलाई राज्यका बाहिरी जेलमा पठाइएको पनि खबर छ ।

प्रशासनका अनुसार यो कारवाहीलाई सावधानीको रुपमा र इलाकामा कानून व्यवस्था स्थापित गर्नका लागि गरिएको हो । जम्मू–कश्मीर मुस्लिम बहुल राज्य हो  तर अब यसलाई दुई केन्द्र शासित प्रदेशमा बाँडिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि भारतीय सेना त्यहाँ पृथकवादीहरुसँग लडिरहेका छन् । भारतले पाकिस्तानलाई इलाकामा चरमपन्थीको समर्थन गरेर हिंसा भड्काउने आरोप लगाउँछ । यस्तै, छिमेकी देश पाकिस्तानले यो आरोप अस्विकार गर्दै आएको छ ।

पाकिस्तानको कश्मीरको एउटा हिस्सामा पनि नियन्त्रण छ । थुप्रै भारतीयले धारा ३७० हटाएको स्वागत गरेका छन् र यसलाई साहसिक निर्णय भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । यो कदमलाई मूलधारका मिडियाले पनि व्यापक समर्थन गरेको छ ।

मैले त्यहाँका दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँको भ्रमण गरेँ । त्यहाँ मैले धेरै मानिसहरुबाट छापामार, कुटपिट र यातनाका एकै प्रकारको कथा व्यथा सुनेँ । डाक्टर र स्वास्थ्य अधिकारी कुनै पनि बिरामीबारे पत्रकारसँग कुरा गर्नबाट बच्छन् । तर गाउँलेले मलाई त्यस्ता घाउ देखाए जुन कथित रुपमा सुरक्षाबलको पिटाईबाट भएको थियो ।

एक गाउँका मानिसहरुले यो निर्णयले दिल्ली र कश्मीरबीच दशकौं पुरानो व्यवस्था समाप्त भएको र त्यसको केही घण्टापछि नै सेना घर–घरमा आएको बताए । दुई दाजुभाइले उनीहरुलाई सुतिरहेको ठाउँबाट उठाएर गाउँका करिब एक दर्जन पुरुष भएको ठाउँमा पुर्याएको आरोप लगाए । मैले भेटेका अन्य मानिसले झैं उनी पनि बदलाको कारवाहीको डरले आफ्नो पहिचान भन्न डराएका थिए ।

तीमध्ये एकले भने, ‘उनीहरुले हामीमाथि कुटपिट गरे । हामीले उनीहरुलाई हाम्रो गल्ती के हो भनेर सोधिरहेका थियौं । हामीले झुटो बोलेको वा केही गल्ती गरेजस्तो लाग्छ भने अन्य गाउँलेलाई सोध्न सक्नुहुन्छ । तर उनीहरु केही पनि सुन्न राजी थिएनन्, उनीहरुले केही नभनी हामीलाई लगातार कुटिरहे ।’

‘उनीहरुले हाम्रो शरीरको प्रत्येक अंगमा कुटे । हामीलाई लात्ती हाने, लट्ठिीले कुटे, बिजुलीको झट्का दिए, केबलले कुटे । हामीलाई पिँडौलामा कुटे । जब हामी बेहोस भयौं तब उनीहरुले होशमा ल्याउनका लागि बिजुलीको झट्का दिए । जब उनीहरुले हामीलाई लट्ठिले कुटे र हामी चिच्यायौं तब उनीहरुले हाम्रो मुख फोहोरले भरिदिए ।’

‘हामीले उनीहरुलाई हामी निर्दोष छौं भनेर बतायौं । उनीहरुले किन यस्तो गरिरहेका छन् भनेर पनि सोध्यौं । तर उनीहरुले हाम्रो रत्तिभर पनि सुनेनन् । हामीले उनीहरुलाई हामीलाई नकुट बरु गोली हान पनि भन्यौं । भगवानलाई आफ्नो ठाउँमा बोलाउन पनि फकाइरहेका थियौं किनभने प्रताडन असह्य थियो ।’

एक अन्य युवकले भने, ‘सुरक्षाबलले मलाई लगातार ढुङ्गा हान्ने व्यक्तिको नाम सोधिरहेका थिए । उनीहरुले मलाई कश्मीर घाटीमा नागरिक प्रदर्शनको अनुहार बनिसकेका थुप्रै युवा र किशोरबारे कुरा गरिरहो थिए । ’‘मैले उनीहरु कसैलाई पनि चिन्दिनँ भनेपछि उनीहरुले मेरो चस्मा, कपडा र जुत्ता खोल्न अह्राए ।’ ‘जब मैले आफ्नो कपडा उतारेँ तब उनीहरुले मलाई रड र डण्डाले करिब दुई घण्टासम्म कुटे । जब म बेहोश हुन्थेँ तब होशमा ल्याउनका लागि बिजुलीको झट्का दिन्थे ।’

उनले भने, ‘यदि उनीहरुको ममाथि पुनः यस्तो व्यवहार गरेँ भने म जे पनि गर्नेछु । म बन्दुक उठाउनेछु । म हरेक दिन यो सहन सक्दिनँ ।’ युवकले भने, ‘सुरक्षाबलविरुद्ध कुनै पनि प्रदर्शनमा कसैले हिस्सा लिएको खण्डमा उनीहरुले पनि मैले जस्तै नतिजा भोग्नु पर्ने चेतावनी देओस् भन्ने सुरक्षाबल चाहन्थे ।’

हामीले गाउँका जतिपनि मानिसहरुसँग कुरा गर्यौं उनीहरुले गाउँलेलाई प्रदर्शनमा भाग लिनका मानिसहरुमा डर पैदा होस् भन्नका लागि सेनाले यस्तो व्यवहार गरेको स्विकारे ।

बीबीसीलाई पठाएको जवाफमा भारतीय सेनाले जस्तो आरोप छ, उनीहरुले कोही पनि नागरिकमाथि कुटपिट नगरेको स्पष्टिकरण दिएका छन् । सेनाका प्रवक्ता कर्नल अमन आनन्दले भने, ‘यस्तो किसिमको कुनै विशेष आरोप हामीसम्म आइपुगेको छै्रन । यो आरोप विरोध तत्वको तर्फबाट प्रेरित भएको हुनसक्छ ।’

उनले भने, ‘नागरिकलाई बचाउनका लागि यो कदम उठाइएको थियो तर सेनाको तर्फबाट गरिएको कारवाहीका कारण कोही पनि घाइते वा हताहत भएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ