2026-07-24 07:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकालाई टर्कीले दियो यस्तो चेतावनी

मंसिर ३०, एजेन्सी | टर्कीले  अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्धमा असन्तुष्टि जनाएको छ | टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भनेका छन् अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं  |

उनले भने इनसर्लिकको अतिरिक्त मलाक्या प्रान्तको अदानामा रहेको कुरेसिच रडार स्टेशनलाई पनि बन्द गर्ने विकल्प आफूहरुसँग छ | कुरेसिच बेसमा अमेरिकी सेनाको महत्वपूर्ण रडार छ  | रडारले अमेरिका र नेटो संगठनका देशहरुलाई मिसाइल प्रक्षेपणको जानकारी दिन्छ |

बुधबार अमेरिकी सिनेटले टर्कीमाथि प्रतिबन्ध लगाउने  प्रस्ताव पारित गरेको छ |  टर्कीले रुसबाट एस–४०० मिसाइल डिफेन्स प्रणाली किन्ने सम्झौता  गरेपछि अमेरिका रुष्ट भएको हो | ट्रम्प प्रशासनले यस अघि टर्कीसँग गरेको एफ–३५ युद्ध विमानको सम्झौता रद्द गरिसकेको छ | 

अमेरिकी संसदको माथिल्लो सदन सिनेटले हालै १०० वर्ष पहिले आर्मेनियाली माथि भएको नरसंहारबारे प्रस्ताव पारित गरेर त्यसको निन्दा गरेका थियो | आर्मेनियाली नरसंहार सन् १९१५ अप्रिल २४ मा शुरु भएको थियो । तत्कालिन अटोमन साम्राज्यले त्यहाँ करिब १५ लाख अल्पसंख्यकहरुको क्रुर हत्या गराएको थियो |

यसलाई जर्मनीको नाजिद्वारा गरिएको नरसंहारपछि ससारको दोस्रो ठूलो नरसंहार मान्ने गरिन्छ । अमेरिकी सिनेटले यसलाई नरसंहारको साटो आर्मेनियाली नागरिकहरुको सामूहिक हत्याकाण्ड बताएको थियो ।

टर्की प्रस्तावका कारण दुई देशको सम्बन्ध बिग्रिन सक्ने चेतावनी दिएको थियो | दुई महिना अघि जब टर्कीले सिरियामा कुर्द विद्रोहीविरुद्ध अपरेशनको घोषणा गरेको थियो तब ट्रम्पले टर्कीकोअर्थव्यवस्थालाई ध्वस्त बनाउने धम्की दिएका थिए | इस्लामिक आतंकवादी संगठन आईएसलाई हराउन अमेरिकालाई महत्वपूर्ण सहयोग प्रदान गरेको कुर्दविरुद्ध टर्कीको आक्रमणको सर्वत्र विरोध भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक