2026-07-24 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा आगलागीले लियो भयावहरुप : ५० करोड जनावर खरानी, घर छोडेर भाग्दै मानिस

पुस २०, एजेन्सी | अष्ट्रेलियामा लागेको आगोले निकै भयावह रुप लिएको छ | यो आगोले मानिस र जनावरलाई प्रभावित बनाइ सकेको छ | गत सेप्टेम्बरदेखि लागेको डढेलोमा परेर करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ |

हाल सम्म डढेलो  नियन्त्रणमा आउन सकेको छै भने डढेलो  लागेको चार महिना बितिसकेको छ |  युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टका अनुसार हालसम्म ५० करोड जनावर मरेका छन् | न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको छ | आगो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ |

आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा समस्या उत्पन्न भएको छ | घर छोडेर समेत मानिसहरु भाग्न थालेका छन् | सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा समर गरिसकेको छ |

शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ | बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नुपरेको छ भने धेरै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ |

आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् । आगोबाट २ सय बढी घरमा पनि क्षती पुगेको छ | हालसम्म उक्त आगलागीबाट १८ जनाको ज्यान गैसकेको छ |

















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक