2026-07-25 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान विमान दुर्घटना:झुटो बोलेको भन्दै सरकार बिरुद्ध हजारौं प्रदर्शनमा,ट्रम्पको समर्थन

पुस २७, एजेन्सी | इरानमा  युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उक्त प्रदर्शनको समर्थन गरेका छ | प्रदर्शनका क्रममा अश्रुग्याँस प्रहार गरिएको छ |

इरानले खसालेको युक्रेनको विमानमा १७६ जनाको मृत्यु भएको थियो | त्यस्तै इरानले शनिवार “भुलवश” त्यो विमान खसालेको स्वीकार गरेको थियो |जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाब बढ्दै गएको थियो | बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको केहि समयमै उक्त विमान खसालेको थियो |

उक्त विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो | विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् |

प्रदर्शनका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै “मुख्य कमान्डर राजीनमा गर” र “झुटो बोल्नेहरूलाई मृत्यु” भन्दै नाराबाजी गरेका थिए | प्रदर्शनकारिलाई प्रहरीले  अश्रुग्याँस प्रहार  गरि तितरबितर पारेको छ |

अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै लेखेका छन्,”इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक