2026-06-28 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा खतरानाक ज्वालामुखी विस्फोटको त्रास

2020-01-13

पुस २८, काठमाडौँ | फिलिपिन्समा ज्वालामुखीको खतरानाक विस्फोटन हुनसक्ने भन्दै अधिकारीहरूले केहि समय अघि चेतावनी दिएका छन् | सोमवार बिहान राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट लाभा  निस्केको थियो |


ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएको थियो | त्यसपछि आठ हजार मानिसलाई अन्य स्थानमा सारिएको छ | एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखी मानिन्छ |

विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको छ  | स्थानीय समयानुसार टाल ज्वालामुखी बिहान २:४९ देखि ४:२८ सम्ममा विस्फोटन हुने स्थितिमा पुगेको ज्वालामुखी तथा भूकम्प हेर्ने फिलिपिन्सको निकाय फिभोल्क्सकाले जनाएको छ |


अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन् आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो |

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन् | ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्नेगरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ | खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन भनिएको छ |

चराचुरुङ्गी र रूखपात पनि खरानीले लतपतिएका छन् | ज्वालामुखीबाट उडेको खरानीका कारण मनिलास्थित अन्तर्राष्ट्रिय विमान पनि प्रभावित भएको छ भने सबै उडान स्थगित गरिएको छ | ज्वालामुखीले विमानस्थललाई समेत क्षेती पुर्याउने बताइएको छ | बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी