2026-07-25 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा युक्रेनी विमान खसाल्ने पक्राउ

पुस २९, एजेन्सी | १ सय ७६ जना यात्रु बोकेको युक्रेनी विमान खसालेको आरोपमा इरानले धेरै मानिसलाई पक्राउ गरेको छ | इरानको न्यायलयका अनुसार मिसाइल प्रहार गरी युक्रेनी विमान खसालेको आरोपमा धेरैलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ  | तर, नियन्त्रणमा लिइएका व्यक्तिको संख्या भने खुलाइएको छैन | 

न्यायलयका प्रवक्ता घोलामहोसेन इस्माइलीले सञ्‍चारकर्मीसँग भने, “विमान खसालेको विषयमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।” उनले यस विषयमा थप विवरणहरु भने खुलाएनन् । 

इरानका राष्ट्रपति हसन रुहानीले यस विषयको छानबिन विशेष अदालतद्वारा निरीक्षण गरिने बताएका छन् । उनले यस दुखद घटनाको दोष मिसाइल प्रहारका लागि ट्रिगर दबाउने एकजनालाई मात्र लगाउन नहुनेतर्फ जोड दिएका छन् । “इरानी सेनाले भूलवश भएको गल्तीलाई स्वीकार गर्नु राम्रो कदम हो,” उनले भने, “हामीले आगामी दिनमा यस्तो किसिमको घटना नहोस् भन्‍ने विश्वास दिलाउन सक्नुपर्छ ।” 

पीएस ७५२ कलसाइनको युक्रनी अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान जनवरी ८ मा इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना १७६ जनाको मृत्यु भएको थियो । जसमा इरानी र क्यानेडियन नागरिक बढी थिए ।

दुर्घटनाको सुरुका तीन दिन भने इरानले विमान खसालेको आरोप अस्वीकार गरेको थियो । तर, तीन दिनपछि भने प्राविधिक असफलताका कारण भएको मिसाइल प्रहारमा विमान खसेको इरानी सेनाले स्वीकार गरेको हो |-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक