2026-07-24 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका शक्तिशाली देशसँग क्षेप्यास्त्र क्षमता कति छ ? यी हुन् खतरानक क्षेप्यास्त्र भएका देश

माघ ३, एजेन्सी | संसारका विकसित र धनी मानिने मुलुको क्षेप्यास्त्र हान्न सक्ने क्षमता कति छ भन्नेबारे सबैको चासोको बिषय नै हो | हालै अमेरिकाले इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमणमा हत्या गरेपछि बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरको थियो जसबाट विश्वलाई नै त्रसित बनेको थियो |

संसारलाई नै एकै चोटि सत्यानाश बनाउन सक्ने एउटा हतियार हो क्षेप्यास्त्र,जसले विश्वलाई नै आज निकै चुनौती दिइरहेको छ | विकशित देशहरु आज यस्तै शक्ति निर्माणमा लागेका छन् | विकशित देश मात्र होइन आफ्नो अर्थतन्त्र कम्जोर भएका मुलुकहरु पनि मिसाइल निर्माणमा अर्बौ खर्च गरिरहेका छन् | आधुनिक सैन्य शक्तिको रुपमा प्रयोग गरि कुनै पनि देशले आफ्नो राष्ट्रियता रक्षाका लागि यस्ता खाले गतिविधि गर्दै आएका छन् |

विश्वमा मिसाइल क्षमताको  हिसाबले तुलना गर्ने हो भने पाँच वटा देशहरु त निकै शक्तिशाली छन् | तिनीहरुले आफ्नो देशबाट संसारको जुनसुकै कुनामा पनि मिसाइल हानेर  विध्वंश मच्चाउने क्षमता भएका छन् | रुस, अमेरिका, चीन, बेलायत र फ्रान्स यी देश विश्वका निकै शक्तिशाली राष्ट्रहरुमा पर्दछन |

यी देश पछि सबैभन्दा ठूलो मिसाइल क्षमता भएको देश उत्तर कोरियालाई लीने गिएको छ | अमेरिलाई समेत चुनौती दिने हिसाबले उत्तर कोरियाले यस्ता गतिविधि र प्रविधिको विकास गरिसकेको छ | सन् १९० मा ७४५ माइलसम्म मात्रै मारक क्षमता रहेको उत्तर कोरियाले अहिले ८ हजार माइलसम्म प्रहार गर्न सक्ने भएको छ | उत्तर कोरियाले आफ्नो प्रमुख सत्रु मान्दै आएको देश अमेरिकासम्म क्षेप्यास्त्र हान्न सक्ने क्षमता छ | यो देशले आफ्नो मिसाइलको मारक क्षमता मात्रै हैन, सही निशाना लगाउने क्षमतामा पनि विकास गरिसकेको छ |

त्यस्तै अमेरिकाको सहयोग रहेको दक्षिण कोरिया पनि क्षेप्यास्त्र क्षमतामा बलियो छ | दक्षिण कोरियाले उत्तर कोरियाको जुनसुकै क्षेत्रमा पनि मिसाइल प्रहार गर्न सक्छ  | त्यसपछि  इजरायल, भारत, सउदी अरेबिया, इरान, पाकिस्तानको मिसाइल क्षमता पनि राम्रै छ |

अमेरिकाको समर्थन रहेको इजरायल र सउदी अरेबियाले सन् १९९० को दशकदेखि नै इरानमा समेत मिसाइल प्रहार गर्ने क्षमता राख्दै आएका छन् | तर इरानले पनि आफ्नो  मिसाइल क्षमता निकै शक्तिशालि बनाएको छ |  इरानलाई मिसाइल प्रविधिमा उत्तर कोरियाले सहयोग गरेको भन्ने गरिन्छ |

त्यस्तै भारतले  पनि पाकिस्तान र चीनको ठूलो भूभागमा मिसाइल प्रहार गर्न  सक्ने क्षमता बनाइ सकेको छ | भारतले रुसको सहयोगमा आफ्नो मिसाइल क्षमता बढाएको छ भने पाकिस्तानले पनि आफ्नो शक्ति बढाएको छ | पाक्स्तानलाई चिनको सहायोग रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक