2026-07-25 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको सबै इलाकामा कोरोनाभाइरस फैलियो, वैज्ञानिकले प्रयोगशालामै बनाए कोरोनो भाइरस

माघ १६, काठमाडौँ | छिमेकी मुलुक चीनमा खतरनाक भाईरसको संक्रमण फैलिएपछि त्यसको चासो नेपालमा पनि सर्वत्र छ । 

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगिसकेको छ भने हजारौंको शंख्यामा यो रोगबाट संक्रमित भईसकेका छन् । जनवरी २९ सम्ममा यो भाइरसको संक्रमण हुनेको शंख्या ७ हजार ७ सय ११ जना पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा समेत देखिएपछि अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ । 

त्यस्तै यो भाइरसको संक्रमण थप १६ वटा देशमा समेत फैलिएको छ । बिहिबार यो भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा  विश्व स्वास्थ्य संगठनबीच छफफल हुने बताइएको छ । 

बुधबार विश्व स्वास्थ्य संगठनका डिरेक्टर–जनरल तेद्रोस अदहानोम घेब्रेयेससले भाइरस मानिस-मानिसबीच पनि सर्ने थाहा भएपछि यसले ठूलै चिन्ता निम्त्याएको बताएका छन्  । 

अन्य देशको तुलनामा यो भाईरसले चीनमा बढी संक्रमण फैलाएको छ । तर यसको नियन्त्रणमा ध्यान नदिए यो धेरै माझ फैलिने सम्भावना रहेको बताइएको छ । यो भाईरस नेपाल, अमेरिका, अस्ट्रेलिया, जापान, भियतनाम, श्रीलंका, कम्बोडिया, क्यानडा लगायतका १७ देशहरुमा पुगिसकेको छ ।

Photo: AFP

अस्ट्रेलियाका वैज्ञानिकहरुले प्रयोगशालामै बनाए उक्त कोरोनोभाइरस 

चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको महामारीले संसारभरि नै आतंक मच्चाईरहेको बेला अस्ट्रेलियाका वैज्ञानिकहरुले पहिलो पटक प्रयोगशालामै उक्त कोरोनो भाइरस बनाएका छन् । उक्त आविष्कारलाई उनीहरुले सफलता मान्दै यसैको मद्दतले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन (खोप) निर्माण गर्न सकिन्छ कि भन्ने विश्वास लिएको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । 

मेलबर्नका पिटर डोहेर्टी इन्स्टिच्यूट फर इन्फेक्सन एण्ड इम्युनिटीका विशेषज्ञहरुले सो भाइरस संक्रमित रोगीबाट उक्त कोरोनाभाइरस विकास गरेका हुन् । उनीहरुले गत शुक्रबार अस्ट्रेलियामा संक्रमण देखा परेको पहिलो रोगीबाट भाइरसको नमूना लिएको थिए । अस्ट्रेलियामा अहिलेसम्म ५ जनामा सो संक्रमण देखिएको छ भने सबैको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक