२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कारण चीनमा प्रदूषणमा निकै कमीः नासा

२०७६, १९ फाल्गुन सोमबार १५:३९

फागुन १९, काठमाडौँ | विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । 

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ ।

नासाको नक्सामा सुरूमा वुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदुषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन् । नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको सेटलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइअक्साइडको तह झरेको पाइएको बताए । चीनमा कोरोना भाइरसको सङ्क्रमणसँगै चीनले अपनाएको कडा नियन्त्रण प्रयासअन्तर्गत कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन् । नाइट्रोजन ग्यास खासगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ ।

नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारन्टिनमा रहेको र नाइट्रोजन डाइअक्साइड घटेको समयावधि मिलेको बताएको छ । नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ । सन् २०१९ को जनवरी र फेब्रुअरी महिनामा  नासाले लिएको तस्बीरलाई  तुलना गर्दा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको हो । नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरीको अन्त्यदेखि फेब्रुअरीमा चीनमा प्रदूषण केही घटेको पाइने गरेको तर पर्व सकिएपछि पुनः बढ्ने गरेको वैज्ञानिकहरूको भनाइ रहेको छ । 

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भन्नुभयो, “कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलो पटक देखेँ ।” उहाँले भन्नुभयो, “यस वर्ष विगतमाभन्दा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको छ । मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस सङ्क्रमण फैलनबाट रोक्न देशभर अपनाइएका उपायका कारण प्रदूषणमा उल्लेख्य कमी आएको हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार