2026-07-24 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना संक्रमितको शंख्या ३ लाख नाघ्यो, दोश्रो स्थानमा स्पेन (अपडेट)

चैत २३, काठमाडौँ | विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सनिबार रातिसम्म ११ लाख ८२ हजार नाघेको छ । यस्तै यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको शंख्या ६३ हजार ९२५ पुगेको छ । 

यसैगरी विश्वभरमा २ लाख ४४ हजार २२४ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ । 

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा एकै दिन २३ हजार ९८६ नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हालसम्म ३ लाख १ हजार १४७ जनामा कोरोनाको संक्रमण भईसकेको छ भने हालसम्म ८ हजार १७३ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र कोरोना संक्रमितको शंख्या १ लाख १३ हजार ७०४ पुगेको छ । जहाँ एकै दिनमा १० हजार भन्दा बढीमा संक्रमण फेला परेको हो । 

हेर्नुहोस् अमेरिकाको बिभिन्न सहरमा कोरोना संक्रमणको पछिल्लो अवस्था: 

अमेरिका पछि दोश्रो सूचीमा रहेको इटालीलाई तेश्रो स्थानमा पार्दै कोरोना संक्रमणको दोश्रो स्थानमा स्पेन पुगेको छ । स्पेनमा १ लाख २४ हजार ७३६ संक्रमित छन् भने ११ हजार ७४४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको इटालीमा १ लाख २४ हजार ६३२ जनामा कोरोनाको संक्रमित देखिएको छ भने विश्वमै सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुने देशको रुपमा रहेको इटालीमा हालसम्म १५ हजार ३६२ जनाको मृत्यु भईसकेको छ । 

यता चौथो स्थानमा रहेको जर्मनीमा हालसम्म ९२ हजार १५० जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ १ हजार ३३० जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

त्यस्तै पाँचौं स्थानमा उक्लिएको फ्रान्समा संक्रमितको शंख्या ८९ हजार ९५३ जनामा कोरोना संक्रमण फेला परिसकेको छ भने ७ हजार ५६० जनाले ज्यान गुमाईसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण फ्रान्समा मात्र १ हजार ५३ जनाको मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य मन्त्रालय एक निर्देशक जेरोम स्यालमनका अनुसार, यसअघि सरकारले अस्पतालहरूबाट प्राप्त तथ्याङ्क मात्र गनिरहेको थियो भने नर्सिङ होमबाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या ६१ प्रतिशत र सङ्क्रमितको सङ्ख्या ४४ प्रतिशतले बढ्यो । यसअघि पेरिस सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको भनेर धेरै आलोचना खेपेको थियो । 

चीनमा भने कोरोनाको संक्रमण मन्द गतिमा बढेको छ । चीनमा हालसम्म ८१ हजार ६३९ जनामा कोरोना संक्रमित भेटिएका छन् जहाँ आजसम्म ३ हजार ३२६ जनाको मृत्यु भईसकेका छन् । 

कोरोनाको संक्रमण र मृत्यु संख्याबारे चीनले सार्वजनिक गरेको तथ्यांकमाथि अमेरिकासँगै केही युरोपेली मुलुकहरूले प्रश्न उठाउँदै आएका छन् । चीनले सार्वजनिक गरेका तथ्यांक यथार्थ नभएको आशंका ती देशको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक