2026-07-24 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानमा कोरोनाबाट झण्डै २९ सय संक्रमित, ४५ जनाको मृत्यु

चैत २३, इस्लामावाद (रासस-एएनआई) | पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । 

देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 

अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । 

आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको पनि जनाएको छ । पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् । 

त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् । 

मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् । 

विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक