2026-07-25 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डब्ल्यूएचओले भन्यो– अझै लामो यात्रा गर्नुछ, अमेरिकाले पुनर्विचार गरोस्

वैशाख ११, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’

अमेरिकी सांसदहरुले राजीनामा मागेको सन्दर्भमा उनले मानिसहरुले जीवन बचाउन काम गरिरहने बताए । डब्ल्यूएचओ प्रमुख एडहानोमले कोरोना भाइरसको महामारी तत्काल नरोकिने संकेत गर्दै भनेका छन्, ‘पश्चिमी यूरोपका केही देशमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको देखिए पनि अफ्रिका, मध्य अमेरिका, दक्षिण अमेरिका र पूर्वी यूरोपमा प्रकोप बढ्दै गएको छ ।’ 

गत सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक