2026-07-24 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु ! संक्रमित १० लाख नाघे

वैशाख १६, काठमाडौँ | अमेरिकामा हरेक एकसय जना कोरोना संक्रमितमा २९ जनाको मृत्यु भएको हालसम्मको तथ्यांकबाट देखिएको छ । विश्वमा ३० लाख ६४ हजार ८३० जना कोरोनाबाट संक्रमित हुँदा अमेरिकामा मात्र कोरोना संक्रमितको शंख्या १० लाख नाघेको छ । 

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १० लाख १० हजार ५ सय ७ पुगेको छ भने मृतकको संख्या ५६ हजार ८ सय ३ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै सबैभन्दा धेरै हो । कोरोना संक्रमितहरु जति निको भएका छन् त्यसको आधारमा मृत्यु हुनेको शंख्या पनि बढीनै रहेको छ । हालसम्म अमेरिकामा कोरोना मुक्त हुनेको शंख्या १ लाख ३८ हजार ९ सय ९० पुग्दा मृत्यु हुनेको शंख्या ५६ हजार ८ सय ३ पुग्नुले अमेरिकामा कोरोनाले थप भयावह स्थिति देखाएको छ । निको भएकाहरुको शंख्या र मृत्यु भएका शंख्यालाई तुलना गर्ने हो भने अमेरिकामा हरेक एक सय जनामा २९ जना संक्रमितको मित्यु भएको अहिलेको अवस्था छ । 

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भएको छ ।

संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ । अमेरिकामा कोरोना संक्रमित भएर मृत्यु भएका वा निको भएकाहरुको कुल शंख्या १ लाख ९५ हजार ७ सय ९३ जना छन् भने बाँकी ८ लाख १४ हजार ७ सय १७ जना अस्पतालमै छन् । 

अमेरिकाको न्युयोर्कमा मात्र २ लाख ९८ हजार ४ जना संक्रमित भएका छन् । न्युयोर्क सहरमा मृत्यु हुनेको शंख्या २ हजार ६ सय २३ रहेको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा कोरोना संक्रमित हुनेको शंख्या १ लाख ११ हजार १ सय ८८ जना रहेको छ भने यो सहरमा ६ हजार ४४ जनाले ज्यान  गुमाएका छन् । 

अमेरिकाका अन्य राज्यहरुमा पनि कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । 

स्रोत: worldometers.info 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक