2026-07-24 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोना संक्रमितको संख्या हाल सार्वजनिक भएभन्दा ८ गुणा बढी भएको तथ्यांक लिक !

जेठ ५, काठमाडौँ | चीनमा कोरोना संक्रमितको संख्या ६ लाख भन्दा बढी भएको सूचना लिक भएको दावी गरिएको छ । सार्वजनिक दावी अनुसार चीनले हाल सार्वजनिक गरेको तथ्यांक भन्दा आठ गुणा बढीमा कोरोना संक्रमण फेला परेको बताइएको छ । 

चीनमा ६ लाख ४० हजार कोरोमा भाइरस संक्रमित भएको दावीमा उल्लेख छ, जो कि उसको आधिकारिक आँकडा ८२ हजारभन्दा निकै धेरै हो । यो कुराको दावी ‘100Reporters’ मा प्रकाशित भएको छ । ‘100Reporters’ अमेरिकाको वाशिंगटन स्थित गैरनाफामा चलेको समाचार संस्था हो ।

यो संगठनले उक्त दावी गरेको डाटा चीनीया सेनाको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीमार्फत लीक भएको बताइएको छ । यस डाटाले चीनको अस्पतालहरु, अपार्टमेन्ट कम्पाउन्डसँग जोडिएका स्थानहरुको नाम, होटल, सुपरमार्केट, रेलवे स्टेशन, रेस्टुरेन्ट र देशभर फैलिएको स्कूललाई समेटेको दावी गरिएको छ । 

‘100Reporters’ ले लेखेको छ, “डाटा पूर्ण रुपमा व्यापक छैन, यसको जानकारी अनुसार ६ लाख ४० हजारभन्दा बढी अपडेट्स छन्, जसले कमसेकम २३० शहरलाई समेटेको छ । दोश्रो शब्दबाट भन्ने हो भने ६ लाख ४० हजारको डाटा त्यतिबेलाकै हो जतिबेला यो डाटा लिईएको थियो ।”

फेव्रुअरीबाट सुरु भएर अप्रिलको अन्त्यसम्मको डाटाको हरेक अपडेटमा स्थान, अक्षांश, देशान्तर र पुष्टि भएको केसको संख्या समावेश गरिएको छ । रिपोर्टमा अनुसार डाटामा महामारीको इपिसेन्टर रहेको हुबेई प्रान्तको वुहानमा र आसपासको क्षेत्रमा मृत्यु र निको भएकाहरुको संख्या समेत समावेस गरिएको छ ।

तर, दावी गरिएको डाटामा टि व्यक्तिहरुको नाम समावेश छैन, जो कोरोना संक्रमणबाट ग्रसित थिए । 

“100Reporters, जो यो नोटको सह-प्रकाशन गर्दैछ, उसले सुरक्षाको कारणले अहिले उक्त दातावेस सार्वजनिक गरेको छैन, तर कोरोना भाइरसको फैलावटको अध्ययन गर्ने रिसर्चर्सहरुलाई उक्त डाटा उपलब्ध गराउने तरीका खोजिरहेको छ ।”

समाचार आउटलेट्सका अनुसार चीनको मिलिट्री डाटा सार्वजनिक गरिएको संवेदनशीलता जोडिएको कारण उक्त डाटा लिक भएको स्रोतले आफ्नो परिचय नखोल्न भनेको छ । 

Photo: Reuters 

चीनको तर्फबाट आधिकारिक प्रतिक्रिया जारी भएको छैन तर चीनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशी मिडिया आउटलेट्सबाट “निष्पक्ष” रिपोर्टिङको लागि आग्रह गरेका छन् ।

प्रवक्ताले ट्विटरमा लेखेका चाहन, “Covid-19 को विरुद्ध अनुकूल माहोल बनाउनको लागि जरूरी छ कि सबै मिडियाले संसारभर पेशेवर नैतिकताको साथ विज्ञान र तर्कको पालन गरोस्, तथ्य र साचो कुरासँग जोडिओस् र निष्पक्षता र सन्तुलनको लागि प्रतिबद्ध रहोस्  ।”

स्वतन्त्र विशेषज्ञहरुको अनुसार यो विषयमा थप अनुसन्धानबाट साचो कुराको पत्ता लाग्नेछ । हार्वर्ड टी. एच. च्यान स्कूल अफ पब्लिक हेल्थसँग जोडिएका महामारी वैज्ञानिक डा. एरिक फिएगी-डिंगले भने, “यो पुरै सम्भव छ कि यो लोकेशन ट्रयाकिङ डाटा हो, र यसमा प्रकार एक संक्रमित केसको एकभन्दा बढी पंक्ति हुनसक्छ  । वा अन्य संदिग्ध केस हुनसक्छ  । र संक्रमितको परिवारका सदस्य समेत ट्रयाक गरिएको हुनसक्छ  । 

यस अघि गत महिना चीनले एकै दिनमा वुहानमा कोरोना भाइरसबाट जोडिएको मृत्युको संख्यामा ५० प्रतिशत वृद्धि गरेको थियो । यसबाट उसको आधिकारिक कोरोना भाइरसको डाटाको बारेमा शंका उत्पन्न भएको छ । चीनले दिएको आधिकारिक डाटा अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ हजार ९१९ को साथै ४ हजार ६३३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक