२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब चीनमा कोरोना संक्रमित भई उपचाररत ७९ जना मात्र

२०७७, १० जेष्ठ शनिबार ०७:०७

जेठ १०, काठमाडौँ | कोरोना संक्रमणको उद्गम देश चीनमा कोरोना संक्रमितको संख्या अपत्यारिलो तरिकाले घट्दै अब सक्रिय संक्रमितको शंख्या ७९ मा झरेको छ । हिजो शुक्रबार चीनमा पहिलो पटक कुनै संक्रमित फेला परेनन् । गत वर्ष ऊहानबाट महामारी सुरु भए यता चीनमा थप नयाँ संक्रमित फेला नपरेको यो पहिलो अवसर हो । 

राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शनिबार एक वक्तव्य जारी गर्दै बिहीबार ४ नयाँ संक्रमित भेटिए पनि शुक्रबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको जनाएको छ । यद्यपि, दुई शंकास्पद केसहरु भने फेला परेका छन् । यसमा एक सांघाईमा बाहिरबाट आएका र उत्तरपूर्वी जिलिन प्रान्तमा स्थानीय स्तरमा सम्भावित संक्रमित रहेका छन् ।

लक्षण नभएकाहरु पनि अघिल्लो दिनको तुलनामा ३५ बाट २८ मा झरेको एनएचसीले जनाएको छ ।

गत मार्च यता चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । देशभर लागू गरिएको लकडाउनले चीनलाई भाइरसको संक्रमण नियन्त्रण गर्न सहज बनेको थियो ।

तर, पछिल्लो समय बाहिरबाट आएकाहरुमा भने चीनमा संक्रमण देखिएको छ । त्यस्तै, उत्तरपूर्वी जिलिन र हिइलोङजियाङ नयाँ क्लस्टरहरु फेला परेका थिए ।

हालसम्म चीनमा भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुल ८२ हजार ८९२ कुल संक्रमित रहेको चीनमा ७८ हजार २५८ जना निको भईसकेका छन् । हाल चीनमा कोरोना संक्रमित अवस्थामा रहेका जम्मा ७९ जना रहेका छन् । जसमा ९ जना गम्भीर अवस्थामा छन् । 

चीनमा अबको केहि दिनमै कोरोना संक्रमित शुन्यमा झार्ने अधिकारीहरुले दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ